News

Aug 18, 2010

माओवादीले सहमति जुटाउने प्रयास गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादीले पाँचौ चरणको प्रधानमन्त्रीय निर्वाचन अगाडि नै राष्ट्रिय सहमति जुटाउन हरसम्भव प्रयास गर्ने वताएको छ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको पदाधिकारी बैठकपछि उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रिय सहमतिको आह्वान गर्दै गत सोमबार नेकपा एमालेलाई पठाएको तीन बुँदे पत्रको सकारात्मक जवाफ आएको जानकारी दिनुभयो। उपाध्यक्ष श्रेष्ठले एमाले नेतृत्वबाट अनौपचारिक रुपमा पत्रको सकारात्मक जवाफ आएकोले सहमतिको संभावना रहेको वताउनुभयो।उपाध्यक्ष श्रेष्ठले पाँचौ चरणको निर्वाचनबाट पनि प्रधानमन्त्रीको चयन हुन नसके सहमतिका आधारमा नयाँ प्रक्रियाबाट अगाडि बढ्नु पर्ने बताउनुभयो।माओवादी पदाधिकारी बैठकले तीन गते देखि शुरु हुने भनिएको केन्द्रीय समितिको बैठक सात गतेसम्मका लागि स्थगित गर्ने निर्णय पनि गरेको छ।

No comments: