News

Aug 30, 2010

सुनचाँदीको भन्सारदरलाई बढाउन नयाँ ऐन ल्याउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१३ भदौ,सरकारले सुनचाँदीको भन्सारदरलाई बढाउन आर्थिक वर्ष ०६७/६८को बजेट नल्याउन्जेलसम्मका लागि नयाँ ऐन ल्याउने भएको छ । सुनचाँदीको भन्सारदर बढाउन ल्याइएको अध्यादेश १८ भदौदेखि निष्त्रिय हुने तथा नयाँ आर्थिक विधेयक पनि नआउने सम्भावना रहेकाले यस्तो ऐन ल्याउन लागिएको हो । भारतले बजेटमार्फत सुनचाँदीको भन्सारदर बढाएपछि नेपाल सरकारले पनि समानता कायम गत अध्यादेशमार्फत सुनचाँदीको भन्सारदर बढाएको थियो । सरकारले १० ग्राम सुनको भन्सारदर १ सय ३० रुपैयाँबाट बढाएर ४ सय ७० रुपैयाँ पुर्‍याएको छ । भारतमा सुनको भन्सारदर प्रतिदसग्राम ४ सय ८० छ । यसैगरी, चाँदीको भन्सारदर प्रतिदसग्राम ३ रुपैयाँलाई बढाएर १६ रुपैयाँ कायम गरिएको छ । भारतमा भन्दा नेपालमा सुन सस्तो भएपछि खुला सिमानाको फाइदा उठाएर हुने कालोबजारीलाई नियन्त्रण गर्न नेपाल सरकारले अध्यादेशमार्फत भन्सारदरलाई बढाएर त्यहाँकै हाराहारीमा पुर्‍याएको हो ।अध्यादेश १८ भदौदेखि निष्क्रिय हुने भएपछि सरकारले यसमार्फत सुनको आयातमा लगाएको भन्सारदर स्वतः निष्क्रिय हुन्छ । नेपालमा सुनको भाउ सस्तो हुने हुँदा दुई देशबीचको खुला सिमानाका कारण भारतमा कालोबजारी हुने गर्छ । बजेट पनि निष्क्रिय हुने र नयाँ ऐन नबनुन्जेलसम्म सरकारले सुन आयातमा नियन्त्रण गर्नुपर्ने अवस्था आउने अर्थ मन्त्रालय स्रोतले बताएको छ ।

No comments: