लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पोखरा, भदौ १७- भरपर्दो राजनीतिक शक्ति निर्माणका लागि तीन साना पार्टी जनमोर्चा नेपाल, नेकपा (माओवादी) र रिभोल्युसनरी लेफ्ट विङबीच एकीकरण हुने भएको छ। भदौ अन्तिमसम्म यी तीन पार्टीबीच एकीकरण भइसक्नेछ। दलीय राजनीतिका नाममा देखापरेको 'नौटङ्की' बाट जनतालाई मुक्ति दिने उद्देश्यले यस्तो गर्न लागिएको उनीहरुको भनाइ छ। जनमोर्चा नेपालका संयोजक भरत दाहालका अनुसार दलीय राजनीतिका नाममा देखापरेको 'नौटङ्की' बाट जनतालाई मुक्ति दिने उद्देश्यले राजनीतिक शक्ति निर्माणका लागि तीन साना दलबीच पार्टी एकता हुन लागेको हो।'भदौ अन्तिमसम्म तीन पार्टीबीच एकीकरण गरेर राजनीतिक शक्ति निर्माणको प्रयास गर्नेछौं', बिहीबार पोखरामा पत्रकारसँग कुरा गर्दै संयोजक दाहालले भने- जनताले भोगेको कष्टलाई राहत दिन यो कदम चाल्नुपरेको हो।
No comments:
Post a Comment