लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र १८ - संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका दुई मुख्य घटक मधेसी जनअधिकार फोरम र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले प्रधानमन्त्री निर्वाचनमा माओवादीलाई सघाउने स्पष्ट संकेत दिएका छन् । उनीहरुले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई मत दिने विषयमा छलफल तीब्र भइरहेको जानकारी दिए ।
मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका महासचिव जितेन्द्र देवले पछिल्लो समयमा पार्टी अध्यक्ष विजयकुमार गच्छदार र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल सकारात्मक रुपमा अगाडि बढेको जानकारी दिए । उनले माओवादीको पक्षमा मतदान गर्न सक्ने सम्भावन बढेर गएको बताए ।
'मोर्चाको आधारपत्रमा माओवादी सकारात्मक बन्दै गइरहेको छ,' शुक्रबार रिपोर्टर्स क्लवमा उनले भने, 'माओवादीले आधारपत्रमा सहमति गरे मोर्चाले तटस्थताको निर्णय बदलेर मतदान गर्न सक्छ ।' नेता देवले सहमतिको सरकार बनाउन भने प्रधानमन्त्रीका दुवै प्रत्यासीले उमेदवारी फिर्ता लिन उचित भएको बताए ।
मधेसी जनाधिकार फोरम नेपालका प्रवक्ता रत्नेश्वर लाल कायस्थले आफ्नो पार्टीका अध्यक्ष उपेन्द्र यादव कुन दललाई सहयोग गर्ने भनेर छलफलमा ब्यस्त रहेको जानकारी दिए । 'भदौ २० गते हुने प्रधानमन्त्रीको छैठौ चरणको निर्वाचनबाट मुलुकले प्रधानमन्त्री पाउने सम्भावना छ,' उनले भने ।

No comments:
Post a Comment