लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १७,गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले नेपाल आयल निगमका तत्कालीन महाप्रबन्धक मदनराज शर्मालाई दुई वर्ष कैद र दुई करोड साढे दुई लाख बराबरको सम्पत्ति जफत गरेको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश गौरीबहादुर कार्की तथा सदस्य न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले बिहीबार यस्तो फैसला गरेको हो । शर्माको आय र सम्पत्तिको हिसाबकिताब गर्दा चलअचलसमेतका कुल तीन करोड १६ लाख ७९ हजारबराबरको सम्पत्तिमध्ये दुई करोड दुई लाख ४१ हजार रुपैयाँ बराबरको सम्पत्तिको वैध स्रोत नखुलेको विशेष अदालतले जनाएको छ ।
No comments:
Post a Comment