News

Sep 14, 2011

दाहालको हालैको भ्रमणप्रति भारतीय गुप्तचर संस्थाले चासो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काँकडभिट्टा , भाद्र २८ - माओवादी अध्यक्ष पुष्पकमल दाहालको हालैको भ्रमणप्रति भारतीय गुप्तचर संस्थाले चासो व्यक्त गरेको छ । एकसाता अघि पूर्व आएका उनी दुई दिनसम्म हराएका थिए । त्यसैबेला नेपाली संचारमाध्यमहरुले दाहाल सिलिगुडी भ्रमणमा गएको आसयको समाचार प्रकाशित गरेका थिए । भारतको सिलिगुडीबाट प्रकाशित एक अखबारले दाहालको सिलिगुडी भ्रमण गुप्तचरको 'टाउको दुखाईको विषय' बनेको उल्लेख गरेको छ । उक्त अखबारले सिलिगुडीको एक अज्ञातस्थलमा शनिवार कार्यक्रम भएको दावी गरेको छ । तर, दाहाल त्यही कार्यक्रममा सहभागी बन्न गएका हुन भन्नेबारे प्रष्ट बताइएको छैन । दाहाल अचानक सिलिगुडी आएको र नजिकैको बाग्राकोटमा रहेका कान्छा ज्वाई नारायणविक्रम प्रधानलाई भेटेको भारतीय संचारमाध्यमले दावी गरेका छन् ।

No comments: