News

Sep 14, 2011

परीक्षा निरीक्षकले परीक्षा हलमै यौन दुर्व्यवहार गरेको आरोप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विश्वविद्यालयमा स्नाकोत्तर तहमा अध्यनरत १३ छात्राहरुले परीक्षा निरिक्षणमा खटिएका निरीक्षकले परीक्षा हलमै यौन दुर्व्यवहार गरेको आरोप लगाएका छन् । पीडितहरुले मंगलबार पत्रकार सम्मेलन गरी त्रिचन्द्र क्याम्पसमा भदौ ११ गते परिक्षा दिइरहेको बेला निरीक्षकहरु प्रविणकुमार झा र दीपेन्द्रकुमार गुप्ताले आफूहरुमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाए । सामाजिक न्याय विषयको जाँच दिएरहेका बेला झा र गुप्ताले पछाडिबाट चलाएको, छोएको र संवेदनशील अंगमा हात लगेको उनीहरुले बताएका छन् । १३ छात्रालाई छुट्टाछुट्टै रुपमा ती दुई निरीक्षकले सुम्सुम्याउने, परिक्षामा मद्दत गरिदिन्छु भन्दै फोन नम्बर माग्ने तथा अंकमाल गरेको पीडितमध्येकी एक छात्राले जानकारी दिइन् । उनीहरुले दुर्व्यवहारविरुद्ध राष्ट्रिय महिला आयोग, प्रहरी, त्रिभुवन विश्वविद्यालय, त्रिचन्द्र क्याम्पस, मानवअधिकार आयोग तथा विभिन्न संघसंस्थामा उजुरी दिएका छन् । पीडकहरुलाई शैक्षिक गतिविधिमा रोक तथा उनीहरुमाथि कारबाही हुनुपर्ने, छात्राको सुरक्षा हुनुपर्ने, उत्तरपुस्तिकाको सुरक्षा हुनुपर्ने माग उनीहरुले गरेका छन् । परीक्षा हलमा ती शिक्षकविरुद्ध बोल्दा आफ्नो जाँच नै रद्द गर्ने धम्की दिएका कारण पनि आफूहरुले बोल्न नसकेको उनीहरुको भनाइ थियो ।

No comments: