News

Sep 12, 2011

मन्त्रीहरुको लागि आचार संहिता निर्माण कार्य सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र २६ - सरकारले मन्त्रीहरुको लागि आचार संहिता निर्माण कार्य सुरु गरेको छ । उक्त आचार संहिताको प्रारम्भिक मस्यौदामा सोमबारको मन्त्रिपरिषद् बैठकमा छलफलसमेत भएको थियो । सरकारका प्रबक्ता उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले छलफलको क्रम सकिएपछि पारित गरेर लागु गरिने बताए । त्यसैगरी अर्थ मन्त्रालयको आर्थिक सल्लाहकारमा डा. श्रीराम पौडेललाई नियुक्ति गरेको छ । अर्थशास्त्रका प्राध्यपक पौडेल डा. बाबुराम प्रधानमन्त्री हुँदा पनि मन्त्रालयको सल्लाहकार नियुक्त गरिएका थिए । मन्त्रिपरिषद्को कार्यसम्पदनलाई प्रभावकारी बनाउनका लागि बिभिन्न समितिहरु गठन गरिएको छ । समितिहरुमा राजनीतकि समिति, प्रशासन समिति, पूर्वधार विकास समिति, सामाजिक समिति र मानव अधिकार समिति रहेका छन् । समितिमा मन्त्रीहरु सदस्य रहन्छन् ।

No comments: