लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विद्यालयमा गरिब र जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन स्वरुप पुरस्कार वितरण गर्ने चलन रहेको छ । त्यसमा पनि विशेष गरेर कापी, कलम वा नगद पुरस्कार दिइन्छ । तर सिन्धुपाल्चोकको संसारीमाई मावि, ठूलो पाखरले भने विद्यार्थीलाई छात्रवृत्तिको रुपमा गिरिराज जातको पोथी कुखुरा दिँदै आएको छ । वर्षौँदेखि दिँदै आएको छात्रवृत्तिको उपलब्धि नदेखेपछि विद्यालयले गत वर्ष देखि यस्तो काइदा निकालेको हो । यस कार्यक्रमलाई विद्यालयले उत्पादनमूलक छात्रवृत्ति नाम दिएको छ । उक्त विद्यालयका प्रध्यानाध्यापक रुबी लामाले पोथी कुखुराले नियमित आम्दानी दिने र विद्यार्थी आफैँले कापी, कलम खर्च जुटाउन सक्ने बताएकी छिन् । रुबीका अनुसार स्याहार पुगे गिरिराज पोथीले निरन्तर अण्डा पार्छ, उक्त अण्डा प्रतिगोटा १० रुपैयाँमा बिक्री गर्न सकिन्छ । विद्यालयको २० औँ बार्षिक उत्सवमा यस वर्ष चार जना विद्यार्थीले अण्डा पार्ने बेलाको माउ छात्रवृत्ति स्वरुप पाएका छन् । गत वर्ष भने विद्यालयले तीन छात्रछात्रालाई २० वटा दरले गिरिराज कुखुराको चल्ला छात्रवृत्ति दिएको थियो । यो स्थानीय जातको कुखुराको क्रस हो । यस जातको कुखुरालाई अण्डा र मासुका लागि प्रयोग गरिन्छ ।
No comments:
Post a Comment