News

Apr 16, 2012

आदिवासी जनजातिहरु हात्तीवन रिसोर्ट घेराऊमा व्यस्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजधानीको पश्चिम-दक्षिण क्षेत्रमा रहेको हात्तीबन रिसोर्टमा मधेसी मोर्चासहित तीन दलका प्रमुख नेताहरु वार्तामा रहेकाबेला आदिवासी जनजातिहरुले जातीय पहिचानसहितको संघीयता माग गर्दै धर्ना दिएका छन् । संविधानका विवादित विषयहरुमा छलफल गर्न हात्तीवन रिसोर्टमा दलहरु व्यस्त रहेको आज दोस्रो दिन नेपाल आदिवासी जनजाति महासंघको अगुवाईमा आदिवासी जनजातिहरु रिसोर्टमै धर्ना दिन पुगेका हुन् । संघीयता बिरोधी मूर्दावाद, जातिय पहिचानसहितको संघीयता कायम गर, १४ प्रदेश कायम गर जस्ता नाराहरुको साथ गएका उनीहरुलाई प्रहरीले सडकमै छेकेका पनि थिए ।

No comments: