News

Apr 7, 2012

शान्ति र संविधानमा केन्द्रित गर्न प्रधान मन्त्रीको आह्वान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत २५, प्रधान मन्त्री बाबुराम भट्टराईले शान्ति प्रकृया निष्कर्षमा पुग्नै लागेकाले अब संविधान निर्माणतिर सम्पूर्ण ध्यान केन्द्रित गर्न सबै राजनीतिक दलहरुलाई आव्ह्वान गरेका छन्। भोलि बस्ने तीन दलको बैठकबाट धेरै कुरा सुल्ट्याउनुपर्नेमा उनको जोड थियो। सत्य निरुपण तथा मेलमिलाप आयोग, वेपत्ता सम्वन्धि आयोग लगायतको टुंगो लगाउन भोलि चैत २६ गते तीन दलको वैठक बस्न लागेको र त्यसै दिन बस्ने सेना समायोजन विशेष समितिको वैठकले समायोजनका बाँकी कुरा पनि टुंग्याउने भएकाले त्यसपछिका दिनहरुमा सम्पूर्णरुपले संबिधान निर्माणमा केन्द्रित हुन प्रधान मन्त्रीले आह्वान गरेका हुन्। भोलि २६ गते देखि ३० गतेसम्म सबै राजनीतिक पार्टीहरुबीचमा नियमित र वृहद् सम्वाद गरी सहमतिमा पुग्नुको विकल्प नभएको प्रधान मन्त्रीले बताए। आगामी ३० गते भित्रै शान्ति प्रक्रियालाई टुंग्याउनु पर्ने र संविधान निर्माणका काममा पनि आधारभूत सहमतिमा पुग्नुको विकल्प नभएको प्रधानमन्त्रीको ठहर छ। संविधान जारी गर्नुपर्ने मिति जेठ १४ गते आउन करिब ५० दिनमात्र बाँकी रहेकाले झिनामसिना कामलाई पर राखी समग्र राष्ट्रिय महत्व बोकेको संविधान निर्माण प्रक्रियाको छलफलमा गम्भीर भएर जुट्न उनले सहकर्मी दलका नेताहरुलाई आव्ह्वान गरेको प्रधान मन्त्रीका सहयोगी विश्‍वदीप पाण्डेले जानकारी दिए। प्रधामन्त्रीले यो ऐतिहासिक घडीमा राजनीतिक दलहरु एकतावद्ध भएर अगाडि बढेमा सुनौलो दिन धेरै टाढा नभएको बताए। संविधान निर्माणका विवादित विषयहरुमा सहमति जुटाउने अन्तिम मिति वैशाख ५ गतेसम्म तोकिएकाले त्यसअघि नै राज्यपुनर्संरचना, शासकीय स्वरुप लगायतका महत्वपूर्ण बिषयमा गम्भीर छलफल गर्न उहाँले दलहरुलाई आव्ह्वान गरेका हुन्।

No comments: