News

May 5, 2013

धनकुटाको छ नं. बुधबारेमा लिम्बुवान र एकात्मक प्रशासनबीच झडप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
लिम्बुवान, बैशाख २० । एकात्मक कर्मचारी सरकार र प्रशासनले विदेशी दलाल र ४ दलीय सिण्डिकेटको निर्देशनमा पूर्वराजा ज्ञानेन्द्रशैलीको कथित चुनाव गराउन जनतालाई औषधी र नागरिकताको प्रलोभन देखाउँदै जबर्जस्त मतदाता नामावली सङ्कलन गर्नेक्रम्मा धनकुटाको छ नं. बुधबारेमा प्रशासन र लिम्बुवानबीचमा आज झडप भएको छ । पहिचानसहितको संघीयता र लिम्बुवान स्वायत्तताका लागि विगतदेखि नै आन्दोलनरत् संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले यो एकात्मक र अवैधानिक कर्मचारी सरकारलाई लिम्बुवानमा कथित चुनावलको लागि कुनै तयारी नगर्न र पहिले निर्वाचन आयोगले र सरकारले लिम्बुवानसँग गरेको सम्झौता पूरा नगरी कुनै पनि तवरले चुनावी गतिविधि नगर्न पटक पटक आग्रह गरेको थियो । मञ्चसम्बद्ध लिम्बुवानको यो राजनीतिक आग्रहलाई बेवास्ता गर्दै मोरङ, पान्थर र धनकुटाको मध्यक्षेत्र छ नं. बुधबारेमा बैशाख १९ गतेबाट सहायक प्रमुख जिल्ला अधिकारी र सयौंको सङ्ख्यामा प्रहरी तैनाथ गरेर चुनावी तयारीको कार्य सुरुगरेको थियो । एकात्मक प्रशासनको कथित चुनावी तयारीको कार्यलाई राजनीतिक रुपमा रोक्न स्थानीय कार्यकर्तासहित १९ गते लिम्बुवानका एलभी कमिश्नर प्रेम थाम्सुहाङको नेतृत्वमा छ नं. बुधबारेमा लिम्बुवानका कार्यकर्ताहरु जुटेका थिए । पहिले प्रशासनलाई लिम्बुवान र ३३ दलीय आन्दोलनकारी मोर्चाको समेत यो कार्य नगर्न माग रहेको जानकारी गराउँदा पनि अटेर गरी प्रशासनले जबर्जस्त गरी पेल्न थालेपछि दोहोरो झडप भएको लिम्बुवान अध्यक्ष कुमार लिङ्देनले लिम्बुवान, नेपाललाई बताउनु भएको छ । एकात्मक कदमलाई रोक्ने क्रम्मा प्रशासनले दमन गरेपछि दोहोरो झडपको स्थिति बनेको बताइको छ । झडपमा एकात्मक प्रशासनले लिम्बुवानका केन्द्रीय सदस्य सुकबहादुर थेगिम लिम्बूलाई गम्भीर घाइते हुने गरी कुटेको खबर छ । एकात्मक कदमलाई रोक्नेक्रममा आज धनकुटाको छ नं. बुधबारेबाट लिम्बुवानका सचिवालय सदस्य तथा एलभी कमिश्नर प्रेम थाम्सुहाङसहित, केन्द्रीय सदस्य सुकबहादुर थेगिम, एलभी सिनियर उपकमाण्डर मुक्साम लाबुङ, इलाम बाँझो गाउँ अध्यक्ष राजन साम्बा, एलभी फिल्ड कमाण्डर अग्नि फियाक, मिक्लुक थुम अध्यक्ष नेलकन माखिम, दुर्दिम्बा गाउँ अध्यक्ष दलबहादुर तामाङ र पान्थर जिल्ला सदस्य खाम्बेक आङ्देम्बे गरी ८ जनालाई प्रहरी प्रशासनले गिरफ्तार गरेको छ । एकात्मक कर्मचारी सरकार र प्रशासनको ज्यादतीको मुकविला गर्न लिम्बुवानको सबै जिल्ला र थुमबाट कार्यकर्ताहरु धनकुटाको छ नं. बुधबारेतर्फ जान निर्देशन गरेको छ । घट्नास्थल जानेक्रम जारी रहेको लिम्बुावन केन्द्रीय अध्यक्ष मिराक लिङ्देनले बताउनु भएको छ । लिम्बुवानका कार्यकर्ताहरुलाई घट्नास्थलतर्फ जानलाई रोक्नको लागि सशस्त्र प्रहरीहरू जङ्गल र बाटोमा तैनाथ गरिएको छ । यो एकात्मक कदम र प्रशासनिक दमनलाई अविलम्ब रोकेर गिरफ्तार गरिएका लिम्बुवानका नेता तथा कार्यकर्ताहरुलाई विनासर्त तुरुन्त रिहाई नगरे भोलि बैशाख २१ गतेदेखि अनिश्चितकालको लागि अरुणपूर्व लिम्बुवान बन्द गर्न बाध्य हुनेसमेत लिम्बुवान केन्द्रमा सल्लाह भइरहेको अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले बताउनु भएको छ । - लिम्बुवान नेपाल

No comments: