News

May 14, 2013

देशभर एकैसाथ आजबाट कक्षा ११ को परीक्षा सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
३१ वैशाख,उच्च माध्यमिक शिक्षा परिषद्ले देशभर एकैसाथ आजबाट कक्षा ११ को परीक्षा सुरु गरेको छ । परीक्षा बिहान ७ देखि १० बजेसम्म सञ्चालन भएको छ । परीक्षामा चार लाख ३५ हजार १८ जना सहभागी भएका छन् । परीक्षामा नियमिततर्फ दुई लाख ६५ हजार ४ सय ५७ र एक्जाम्टेडतर्फ एक लाख ६९ हजार ४ सय ५७ जना सहभागी भएको परिषद्का परीक्षा नियन्त्रक दुर्गा अर्यालले जानकारी दिनुभयो । जसमा छात्रतर्फ दुई लाख १७ हजार १ सय ७५ जना र छात्रातर्फ एक लाख १७ हजार ८ सय ४३ जना रहेका छन् । जेठ १० गतेसम्म सञ्चालन हुने परीक्षाका लागि परिषद्ले देशभर ९ सय ३२ परीक्षा केन्द्र र ३० हजार ६ सय जनशक्ति परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । अर्यालले परीक्षामा अमर्यादित कार्य गर्ने केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, सुरक्षा गार्ड, जोकोहीलाई छ महिना कैद वा एक लाख जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको जानकारी दिनुभयो । परीक्षाले परीक्षा नै अवरुद्ध गर्ने जस्ता गतिविधि गरेमा दुई वर्षसम्म परीक्षा दिन नपाउने गरी निलम्बन गरिने व्यवस्था गरिएको छ । नक्कली परीक्षार्थी भेटिएमा सार्वजनिक ऐनअन्तर्गत मुद्दा लगाइने छ भने परीक्षा अवधिभर परीक्षा केन्द्रमा परीक्षार्थी र निरीक्षकलाई मोबाइल फोन लैजानसमेत प्रतिबन्ध गरिएको छ । परीक्षालाई शान्ति पूर्णरुपमा सम्पन्न गर्न परिषद्ले सुरक्षा निकायसँग विशेष बैठक गरी सुरक्षा व्यवस्थालाई कडा पारिएको अर्यालले जानकारी दिनुभयो । - See more at: http://www.onlinekhabar.com/2013/05/70682/#sthash.XCaeXnMr.dpuf

No comments: