News

May 5, 2013

लिम्बुवान बन्दको दोस्रो दिन पुर्वको जनजीवन प्रभावित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले आह्वान गरेको बन्दका कारण आज दोस्रो दिन पनि पुर्वको जनजिवन प्रभावित भएको छ। आइतबार बिहानै देखि लामो तथा छोटा दुरीका सवारी साधन चल्न सकेका छैनन् भने बजार ठप्प हुदा यात्रु तथा सर्वसाधारण मारमा परेका छन् । शुक्रबार धनकुटा, तेह्रथुम र पाँचथरको सिमावर्ती गाविस बुधबारेमा मतदाता नामावली संकलनको विरोध गर्ने आफ्ना ७ जना कार्यकर्ताको पक्रउको विरोध गर्दै परिषदले बन्द गरेको हो । शुक्रबार परिषदका केन्द्रीय सदस्य पे्रमदीप थामसुहाङ्ग सहित ७ जना पक्राउ परेका थिए । सार्वजनिक सवारी साधन चल्न नसकेपनि एम्बुलेन्स, कुटनीतिक नियोग, दूध, चिया, पर्यटक, भ्रमण र मोटरसाइकल चन्न छुट दिएको मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषले बताएको छ । हड्ताल ढिला गरी आवाहान भएकाले यात्रु बीच बाटोमानै अलपत्र परेको भन्दै परिषदले हिजो साँझ ५ बजे देखि आज बिहान ५ बजे सम्मका लागि बन्द फिर्ता लिएको थियो भने विहान देखि बन्द जारी रहेको छ । यसैबीच पक्राउ परेका लिम्बुवान कार्यकर्ता रिहा हुन नमानेको धनकुटा जिल्ला प्रशासनले बताएको छ । धनकुटाको राजारानी प्रहरी चौकीले थुनामुक्त गर्दा पनि उनीहरु रिहा हुन नमानी चौकीमै धर्ना दिएर बसेको प्रशासन कार्यालयले जानकारी दिनएको छ । कार्यकर्तालाई रिहा गर भन्दै उनीहरुले बन्दको आयोजना गरेका छन् । तर, हामीले रिहा गर्दा पनि ५ जना कार्यकर्ता रिहा हुन नमानी राजारानी चौकीमै बसिरहेका छन् । ’धनकुटा जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले भने । ६ नम्बर बुधबारे गाविसमा आयोजित मतदाता नामावली संकलन कार्यको विरोधमा आफूहरुले शान्तिपुर्ण विरोध प्रदर्शन गर्दा प्रहरीले कुटपिट गरी पक्राऊ गरेको आन्दोलनकारी नेता कुमार लिङदेनको आरोप रहेको छ । उता प्रशासनले चाहि“ फोटो खिच्ने क्रममा ल्यापटप फुटाएको हुनाले पक्राऊ गरिएको जिकिर गरेको छ । यसैबीच कुमार लिङदेनले हिजो दिउँसो पुनः ६ नं बुधबारेमा झडप भएको र आफूहरुले मतदाता नामावली संकलन केन्द्र कब्जामा लिएको दाबी गरेका छन् । बुधबारेमा प्रहरी र लिम्बुवान कार्यकर्ता थपिने क्रम जारी रहनुका साथै ठूलो झडपपछि मतदानकेन्द्र कब्जामा लिने क्रममा मोरङका भोजकुमार लावती, विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष जेन्टल लावती र मोरङ लेटाङका धनकुमार लिम्बूलाई प्रहरीले पक्राउ गरेको लिङदेनले बताएका छन् । झडपमा भोजकुमार गम्भीर घाइते भएको उनको भनाइ रहेको छ । रबिन भट्टराई, ताप्लेजुङ

No comments: