News

May 5, 2013

भोकमरीका कारण सोमालियामा २ लाख ६० हजारको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
राष्ट्रसंघको एक प्रतिवेदन अनुसार भोकमरीका कारण सोमालियामा २ लाख ६० हजारको मृत्यु भएको छ। राष्ट्रसंघको प्रतिवेदन अनुसार भोकमरीका कारण मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन् । विश्व स्वास्थ्य संगठनले सोमालियामा भोकमरीका कारण लाखौँ मानिसको मृत्यु हुदा समेत केही गर्न नसकेको उल्लेख गरिएको छ । खाद्यान्नको संकटका कारण त्यहाँ अधिकांश बालबालिकाको मृत्यु भएको उल्लेख गरिएको छ । सन् २०१०–२०१२ को खाद्य संकटका कारण यति ठूलो संख्यामा मानिसको मृत्यु भएको उल्लेख गरिएको छ । सोमालियामा यस अघि सन् १९९२ मा भएको भोकमरीका कारण २ लाख २० हजारको मृत्यु भएको थियो । त्यसपछि भने सन् २०१०–१२ को अवधिमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको हो । राष्ट्र संघको प्रतिवेदनमा सन् २०१० मा भोकमरीको महामारी फैलिएको थाहा पाएर पनि उचित व्यवस्थापन गर्न नसक्दै धेरै मानिसको मृत्यु भएको स्वीकार गरिएको छ । राष्ट्रसंघको खाद्य तथा कृषि संगठन तथा अमेरिकी सहयोगमा सञ्चालित भोकमरीसम्बन्धी पूर्वचेतावनी प्रणाली सञ्जालले संयुक्त रूपमा तयार पारेको प्रतिवेदनले सोमालियामा दुई वर्षको अवधिमा दुई लाख बढीको मृत्यु भएको तथ्याङक सार्वजनिक गरेको हो । प्रतिवेदनमा उल्लेख भएअनुसार ५ वर्षमुनिका १ लाख ३३ हजार बालबालिकाको मृत्यु भएको छ ।

No comments: