लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नले जानकारी गराए । जानकारीमा लिङदेनले आफु मोर्चाको केन्द्रिय महा सचिव पदमा उठ्ने समेत जानकारी गराए ।
दोश्रो संविधान सभाको चुनाव मंसिर सम्ममा हुने वताए । चुनावमा पार्टीले आफुलाई इलाम दुईमा पठाउने समेत वताए । इलाम दुईमा पूर्व सभामुख सुवास नेम्बाङलाई हराउने वताउदै इलाममा आफ्नो पकड राम्रो भएको वताए ।
मोर्चाको प्रवास समिति हङकङको अध्यक्ष रविन लिङदेनको अध्यक्षतामा भएको औपचारिक विदाई कार्यक्रमका प्रमुख अतिथि रमेश कुमार रहेका थिए भने एकीकृत नेकपा माओवादी पार्टी हङकङका पार्टी सचिव तथा लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रिय सदस्य जे वी ओख्राबु विशेष अतिथि रहेका थिए ।
मोर्चाका केन्द्रिय सदस्य तथा प्रवास समिति हङकङका इन्र्चाज हरि पन्धाक, मोर्चाका केन्द्रिय सदस्य तथा प्रवास समिति हङकङका सह इन्र्चाज ज्ञानु मेन्याङवो, प्रमुख सल्लाहकारहरु भुपेन्द्र चेम्जोङ, सल्लाहकार ललित आङबुहाङ, चन्द्र राज सावाँ लिम्बू तारा सीं लिङदेन, तमु राष्ट«िय मुक्ति मोर्चा हङकङका अध्यक्ष दुर्गा गुरुङ, किरात याक्थुङ चुम्लुङको विशेष अतिथि रहेको कार्यक्रमलाई मोर्चाको उपाध्यक्ष हस्त लिवाङले स्वागत मन्तब्य दिएका थिएभने सचिव इन्द्र लक्समले कार्यक्रम सन्चालन गरेका थिए ।
अन्त्यमा अध्यक्ष रविन लिङदेनले उपस्थित सवैलाई धन्यवाद दिदै मोर्चाले आयोजना गरेको रात्रि भोजनमा उपस्थित सवैलाई सहभागी गराएका थिए ।
No comments:
Post a Comment