लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन २६ - पक्राउ परेका विद्यार्थीलाई रिहाइ गर्ने र प्रवीणता प्रमाणपत्र तह खारेज गर्ने निर्णय सम्बन्धमा वार्ताबाट टुंगोमा पुग्ने सहमतिपछि विद्यार्थी संगठनहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।
महानगरीय आयुक्त कार्यालय रानीपोखरीमा सोमबार सम्पन्न वार्तामा स्थानीय प्रशासन, त्रिवि प्रतिनिधि र विद्यार्थीहरुबीच यस्तो सहमति भएकमो हो । सहमतिपछि विद्यार्थीहरु निर्वाध रुपमा परीक्षा संचालन गर्न दिन समेत सहमत भएका छन् । अनेरास्ववियुकी अध्यक्ष रामकुमारी झाक्रीले हाल संचालन भइरहेको परीक्षामा अवरोध नगर्ने र स्थगित बिषयका परीक्षा पुन संचालन गर्न गठित कार्यदलको प्रतिवेदन आएपछि निर्णय गर्ने सहमति भएको जानकारी दिइन । उनले प्रमाणपत्र तह हटाउने निर्णय र अवरुद्ध परीक्षा संचालन गर्ने बिषयमा सहमति खोज्न मंगलबार बिहान ८ बजे त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा सर्बपक्षीय बैठक बस्ने जानकारी दिइन । यसअघि सोमबार आन्दोलनरत विद्यार्थीको अवरोधका कारण राजधानीको आधा दर्जन भन्दा बढी क्याम्पसमा मानविकि तथा समाजसास्त्रतर्फ स्नाकोत्तर तह प्रथम बर्षको परीक्षा संचालन हुन सकेन ।

No comments:
Post a Comment