लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
केन्या/ केन्याका ४० वर्षे पुरुषले अमेरिकी पूर्वराष्ट्रपति विल क्लिन्टन र विदेशमन्त्री हिलारी क्लिन्टनकी छोरी चेल्सी क्लिन्टनलाई बिहे गर्ने प्रस्ताव पुनः राखेका छन् । नाकुरुका ४० वर्षे काउन्सिलर गडविन
केपकेमोई चेपकुरगोरले चेल्सी क्लिन्टनसँग विहे गर्ने प्रस्ताव राखेका हुन् । सन् २००० मा चेपकुरगोरले तत्कालीन अमेरिकी राष्ट्रपति विल क्लिन्टनलाई चिठीमार्फत छोरी दिए ४० बाख्रा र २० गाई दाइजो दिने प्रस्ताव गरेका थिए । अहिले श्रीमती हिलारी क्लिन्टनको केन्या भ्रमणमा चेपकुरगोरले पुनः चेल्सी क्लिन्टनलाई बिहेको प्रस्ताव गरेका छन् । चेपकुरगोरको प्रस्ताव पत्रकारले हिलारीसमक्ष प्रस्तुत गरेका थिए । छोरीलाई गरिएको बिहेको प्रस्ताव सुनेपछि हिलारीले भनिन्, 'मेरी छोरीको आफ्नै व्यक्तित्व छ । यो प्रस्ताव म छोरीलाई सुनाइदिन्छु ।' यदि २९ वषीया चेल्सीले चेपकुरगोरको प्रस्ताव स्विकारिन् भने उनी चेपकुरगोरकी दोस्री श्रीमती हुनेछिन् । सन् २००० मा पहिलोपटक चेल्सी क्लिन्टनलाई बिहेको प्रस्ताव गरेपछि उनले बिहे गरिसकेका छन् । चेल्सीप्रतिको आफ्नो लगावको पुनर्नवीकरणका बारेमा श्रीमती जानकार भएको बताउँछन् चेपकुरगोर । श्रीमतीले यसमा कुनै आपत्ति नजनाएको उनले बताए । केन्यामा बेहुलाले दाइजोस्वरूप बेहुलीका परिवारलाई ४० बाख्रा तथा २० गाई दिनु निकै राम्रो प्रस्ताव मानिन्छ । 'हिलारीले मेरो बिहे प्रस्तावका बारेमा सकारात्मक भएर उत्तर दिइन्, मलाई निकै खुसी लागेको छ ,' चेपकुरगोर भन्छन्, 'उनले छोरी चेल्सीलाई प्रस्तावबारे सुनाउने पनि बताएकी छिन् । म अहिले चेल्सीको उत्तर पर्खिरहेको छु, ।' केन्यामा वर पक्षले वधू पक्षलाई दाइजो दिने चलन छ ।

No comments:
Post a Comment