News

Aug 8, 2009

अनिश्चितकालीन संसद् अवरुद्ध प्रारम्भ माओवादीले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा (माओवादी) ले प्रधानसेनापति प्रकरणमा राष्ट्रपतिले चालेको असंवैधानिक कदमका विषयमा जबसम्म संसद्मा छलफल हुँदैन तबसम्म संसद् चल्न दिनुको औचित्य नभएको भन्दै अनिश्चितकालीन संसद् अवरुद्ध प्रारम्भ गरेको छ।समस्या समाधानका लागि सरकारले पर्याप्त पहल गरेको भन्दै २२ दलले सरकारलाई धन्यवादसमेत दिए पनि माओवादीले भने सरकारले सहमतिका लागि गम्भीर प्रयत्न नगरेको भन्दै शुक्रबारदेखि संसद् र सडकबाट एकसाथ आन्दोलनको घोषणा गरेको छ।०६५ चैत १६ गते प्रारम्भ भएको हिउँदे अधिवेशन ०६६ असार २२ गतेसम्म चालू रहे पनि खास कार्यमा जम्मा ४ दिन मात्र बैठक सञ्चालन हुन सक्यो। शुरूका दिनमा नेपाली कांग्रेसले कब्जा गरिएका सम्पत्ति फिर्ता हुनुपर्ने माग राखी संसद् अवरुद्ध गर्यो भने एमालेले बुटवलमा आफ्ना कार्यकर्ता प्रचण्ड थैवको हत्याको विषयमा केही दिन संसद् अवरुद्ध गर्यो तर त्यति बेला पनि कांग्रेसको माग यथावत् थियो। पछि माओवादी सरकारबाट हटेपछि माओवादीले संसद् अवरोधलाई निरन्तरता दियो। अहिले एक महिनापछि पुनः संसद् अवरोध अनिश्चित भएको घोषणा गरिएको छ।घोषित संसद् अवरोधले वर्तमान सरकारले प्रस्तुत गरेको बजेट पारित हुने-नहुने अनिश्चित बनेको छ। विनियोजन विधेयकमाथिको छलफल अवरुद्ध भएको छ। माओवादी संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठले आफ्नो पार्टीले वार्ताको ढोका खुलै राखेको तर अबको निर्णयजनताको बलबाटै हुने र जसले राष्ट्रपतिको असंवैधानिक कदम सच्याएरै छोड्ने बताउनुभएको छ। शुक्रबार संसद् अवरुद्ध गर्नुअगाडि विशेष समय लिएर बोल्दै उपनेता श्रेष्ठले माओवादीको संसद् र सडकको संघषॅलाई राजनीतिक दलहरूले गम्भीर रूपमा नलिएमा संघषॅले तेस्रो जनआन्दोलनको रूप लिने अर्थात् तेस्रो जनआन्दोलनको प्रारम्भ पनि हुन सक्छ भनी चेतावनी दिनुभएको छ।उपनेता श्रेष्ठले संविधान निर्माण र शान्ति प्रक्रियालाई निष्कर्षा पुर्याउन दबाबका रूपमा पनि आन्दोलनले काम गर्ने भन्दै अब आन्दोलनको आँधीबेहरी सिर्जना भएको सदनलाई जानकारी गराउनुभएको छ।नेता श्रेष्ठको भनाइ सकिनासाथ माओवादीका सबै सभासद्हरूले सभामुखको अगाडि बेलमा गएर नाराबाजी गरेका थिए। उनीहरूले राष्ट्रपतिको असंवैधानिक कदम फिर्ता गर, नागरिक सर्वोच्चता कायम गर, अहिले हतियार चाहिँदैन, शान्ति प्रक्रिया भाँड्न पाइँदैन, बढ्दो महँगी नियन्त्रण गरजस्ता नारा लगाएका थिए। करिब ७ मिनेटसम्मको नाराबाजीपछि सभामुख सुवास नेम्वाङले सोमबारसम्मका लागि बैठक स्थगित भएको जानकारी गराउनुभयो।

No comments: