लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन २६ - संविधानसभामा प्रतिनिधित्व गर्ने प्रमुख तीन दलले संवैधानिक समितिको सभापति पदका लागि भदौ १ गते निर्वाचन गर्न सुझाव दिएका छन् । झण्डै तीन महिनादेखि रिक्त रहेको समितिको सभापति पदको चयनमा दलहरुबीच सहमति नभएपछि एकीकृत माओवादी, नेपाली कांग्रेस र एमालेका प्रमुख सचेतकहरुले सोमबार सभामुख सुवास नेम्वाङलाइ निर्वाचन प्रकृया थाल्न सुझाव दिएका हुन् ।
नेम्वाङले सोमबार तीनै दलका प्रमुख सचेतकहरुसग संवैधानिक समितिको सभापति चयनबारे छलफल गरेका थिए । तीन दलका प्रमुख सचेतकहरुले भदौ १ गते बिहान ८ बजे चुनाव गराउन सुझाव दिएको एमाले प्रमुख सचेतक भीम आचार्यले जानकारी दिए । संविधानसभाको मूल समिति संवैधानिक समितिका सभापति माधवकुमार नेपाल प्रधानमन्त्री भएपछि उक्त पद रिक्त भएको हो । नियमावाली अनुसार रिक्त रहेको पद एक महिनाभित्र पूर्ति गर्नुपर्ने भएपनि दलहरुबीचको असमझदारीले तीन महिना हुन लाग्दा समेत सभापति चयन हुन सकेको छैन् । सभापति नहुदा नया संविधानको प्रस्तावना लेखन लगायत अहिलेसम्म गरिसक्नुपर्ने कामहरु प्रभावित भएको छ ।

No comments:
Post a Comment