लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वीरगन्ज साउन २४ - बारा प्रहरीले शुक्रबार राति पथलैयाबाट हतियारसहित ३ युवकलाई पक्राउ गरेको
छ। गस्तीमा निस्केको टोलीले चेकजाँचका क्रममा राति पौने ८ बजे बारा करैया-८ का वर्ष २२ का रोहित कुशवाह, रौतहट पथरियाका वीरबलप्रसाद कुशवाहा र बारा हरैया-६ का काशिप्रसाद तिमल्सिनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यलय सिमराका प्रहरी निरीक्षक डम्बरबहादुर चन्दले बताए।उनीहरुको साथबाट अमेरिकन पेस्तोल एक थान, नलकटुवा एक थान र तिनमा लाग्ने गोली बरामद भएका चन्दले बताए। पक्राउ परेकामध्ये रोहित कुशवाह वाइसिएलका सदस्य हुन्। उनको साथबाट अत्याधुनिक अमेरिकन पेस्तोल र त्यसमा लोड हुने ६ थान गोलीसमेत भेटिएको छ।उक्त हतियार नेपाली सेनासँग मात्र रहने प्रहरी निरीक्षक चन्दले बताए। रोहितका दाजु दीपक कुशवाह माओवादी सेना हुन। हाल उनी शक्तिखोरस्थित माओवादी शिविरमा रहेको रोहितले बताए।

No comments:
Post a Comment