News

Aug 8, 2009

सङ्घीय राज्यमा खस राज्य पनि बन्नुपर्ने - कानुनमन्त्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भक्तपुर, साउन २४ - कानुनमन्त्री प्रेमबहादुर सिंहले मुलुकको कुल जनसङ्ख्याको ३३ प्रतिशतभन्दा बढी जनसङ्ख्या खस क्षेत्री रहेकाले सङ्घीय राज्यमा खस राज्य पनि बन्नुपर्ने बताएका छन्। खस क्षेत्री युवा समाजको केन्द्रीय कमिटीले शनिबार भक्तपुरमा आयोजना गरेको खस क्षेत्री युवा समाजको प्रथम भक्तपुर जिल्ला भेलाको उद्घाटन गर्दै उनले खस राज्यको भाग गरेका हुन्।मन्त्री सिंहले नेपालको हरेक क्षेत्रमा छरिएर रहेका क्षेत्री, बाहुन समुदायले नेपालको इतिहास बनाएको बताउँदै अहिले क्षेत्री बाहुन समुदायमा ठूलो प्रहार भइरहेको भन्दै चिन्ता जनाए। खस क्षेत्रीको पहिचान मेटाउने प्रयास भइरहेको बताउँदै उहाँले खस क्षेत्रीको पहिचान जोगाउन सबै खस मिलेर नीति बनाउनुपर्नेमा जोड दिए।बाहुन, क्षेत्रीको समुदाय एवम् परम्परादेखि चल्नै आएको खस भाषा मेट्ने प्रयास भइरहेको बताउँदै नेपालको विकसित खस भाषाको पहिचान मेट्न दिन नहुने बताए। मन्त्री सिंहले कुनै पनि जातिको पहिचान मेट्न नहुने तर कुनै जातिको पहिचान स्थापित गर्ने बाहनामा परम्परादेखि रहेका जातीय पहिचान मेट्न नहुने बताए।
सिंह संविधानसभामा एक मात्र सिट भएको समाजवादी प्रजातान्त्रिक जनता पार्टी नेपालका अध्यक्ष हुन्।
भेलामा अन्य वक्ताहरूले पनि खस राज्यकै माग गरेका थिए। भेलाले नयाँ कार्यसमिति चयन गर्ने बताइएको छ।

No comments: