News

Aug 9, 2009

प्रधानसेनापतिमा छत्रमान गुरूङले जिम्मेवारी सम्हाले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन २६ कायममुकायम प्रधानसेनापतिमा छत्रमान गुरूङले जिम्मेवारी सम्हालेपछि नेपाली सेनामा उनले सम्हाल्दै आएको बलाधिकृत रथी पद आउदो भदौ २५ गते रिक्त हुने भएको छ। त्यसैगरी, असार ६ गते नियमित अवकाश पाएका बलाध्यक्ष रथी कुलबहादुर खड्काको पद पनि अहिलेसम्म खाली नै छ। बलाध्यक्ष रथीमा हालका सम्भाररथी तोरणजंगबहादुर सिंहको नाम जंगीअड्डाले सिफारिश गरे पनि भैरवनाथ गणको वेपत्ताको घटनाका कारण उनको बढुवा प्रक्रिया केही ढिला भएको छ।रिक्त हुने दुई रथी पदका लागि पाँच जना उपरथीको प्रतिष्पर्धा छ। जसमा, ०६३ चैत १ गते बढुवा भएका तोरणजंगबहादुर सिंह सबैभन्दा वरिष्ट उपरथी हुन्। उनीपछि हाल सुडानमा फोर्सकमान्डरका रुपमा काम गर्दै आएका उपरथी पवनजंग थापा, व्यवस्था तथा युद्धकार्य महानिर्देशक गौरवशम्शेर राणा, उपत्यका पृतनापति अनिलजंग थापा र राष्ट्रिय सुरक्षा परिषद्का सहसंयोजक अनन्नबहादुर थेवे छन्। उनीहरू सबै सिंह सँगै बढुवा भएका थिए।

No comments: