News

Aug 9, 2009

नेता केपी ओलीले नेतृत्वको कार्यशैलीमा असन्तुष्टि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन २५ - एमाले प्रभावशाली नेता केपी ओलीले नेतृत्वको कार्यशैली र पार्टी संचालन पद्धत्ति संस्थागत रुपमै असन्तुष्टि जनाएका छन् । नेतृत्वले बुटवलमा सम्पन्न आठौ महाधिवेशनको मर्म र भावना अनुरुप काम गर्न नसेकेको आरोप लगाउदै उनले पार्टी कार्यालयमा छुट्टै प्रस्ताव दर्ता गराएका छन् । प्रस्तावमा अध्यक्षात्मक प्रणालीमा जाने निर्णय भएपनि क्षेत्र र जिल्लामा पार्टीलाई पुरानै शैलीमा संचालन गरिएको , केन्द्रीय कमिटीको सुझाव अनुसार बिधान परिमार्जन नगरी प्रकासित गरिएको, पार्टीलाई लोकतान्त्रिकरण गर्ने भनिएपनि त्यसतर्फ ध्यान नदिइएको आरोप लगाइएको छ । ओलीले पोलिटब्यूरो सदस्य चयन गरेको लामो समय हुदापनि बैठक नडाकिएको, क्षमताको आधारमा नेतृत्वलाई जिम्मेवारी नदिइएको, विधानमा सबै कमिटी निर्वाचित हुनुपर्ने भनिएपनि मनोनयन गर्ने कार्य जारी राखेको आरोप लगाएका छन् । महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासि रहेका ओलीले यसअघि नेतृत्वप्रति टिप्पणी गर्दै आएपनि यसपटक पार्टी कार्यालयमा प्रस्तावनै दर्ता गराएर असन्तुष्टि पोखेका हुन् ।

No comments: