News

Oct 30, 2009

प्रधानमन्त्रीले भाइलाई हङकङको महावाणिज्यदूत नियुक्त गरेका

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक १३ - प्रधानमन्त्री माधवकुमार नेपालले परराष्ट्र मन्त्रालयको सिफारिस बेवास्ता गर्दै भाइ विनोदकुमार उपाध्यायलाई हङकङको महावाणिज्यदूत नियुक्त गरेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग मन्त्रालयका प्राविधिक सहसचिव उपाध्यायलाई महावाणिज्यदूतको जिम्मेवारी दिएको हो । नेपालले आपनै भाइलाई महावाणिज्यदूत नियुक्त गर्न उद्योग मन्त्रालयको सिफारिस दुई महिनादेखि लत्याएका थिए । प्रशासन समूहको व्यक्ति महावाणिज्यदूत हुनुपर्ने प्रावधानविपरीत प्रधानमन्त्री नेपालले इन्जिनियरिङ समूहको मेकानिकल विषयका सहसचिव उपाध्याय (नेपाल) लाई नियुक्त गरेको मन्त्रिपरिषद्का एक सदस्यले बिहीबार कान्तिपुरलाई बताए ।वाणिज्य मन्त्रालयका सहसचिव सूर्य सिलवाललाई महावाणिज्य दूतमा नियुक्तिका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्न झन्डै डेढ महिनाअघि उद्योगले परराष्ट्र मन्त्रालयमा पत्राचार गरेको थियो । सिलवाल मन्त्रिस्तरीय निर्णयबाट सिफारिस गरिएका एक्लो उम्मेदवार थिए । स्रोतअनुसार परराष्ट्रले प्रधानमन्त्रीको आसय बुझेर मन्त्रि परिषद्मा सिफारिस गरेको थिएन । 'प्रधानमन्त्रीको चाहना उहाँका भाइलाई नियुक्त गर्ने भन्ने बुझेपछि मन्त्रिपरिषद्मा सिफारिस नभएको हो,' स्रोतले भन्यो । हङकङका महावाणिज्यदूत केशव भट्टराई सचिवमा बढुवा भएदेखि उक्त पद रिक्त छ । भट्टराई हाल लोकसेवा आयोगमा सचिव छन् । रिक्त हुनेबित्तिकै मन्त्रालयले सिलवाललाई सिफारिस गरेको थियो ।

No comments: