News

Oct 19, 2009

'डग सोसियल नेटवर्क' वेबसाइटको सुरुवात

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माउन्ट एभरेस्ट केनल क्लबको पहलमा 'प्यारो साथी डट कम' नामक 'डग सोसियल नेटवर्क' वेबसाइटको सुरुवात भएको छ। वेबसाइट 'लगअन' गरिसकेपछि आफ्ना कुकुरका तस्बिर 'अपलोड' गर्न सकिने यसका डेभलपर निराजन बम मल्लले जानकारी दिए। उनका अनुसार नेटवर्कमा कुकुरका समस्याबारे लेख्न र कुकुरसितका रमाइला प्रसंगबारे ब्लग गर्न सकिन्छ।देशमा कुकुरपालकको संख्या बढ्दै गएको छ। योसँगै कुकुरपालनसम्बन्धी समस्या पनि देखिन थालेका छन्। उपचार गर्नेबाहेक मनोविज्ञान, आनीबानी, तालिम, खाना र हेरचाह गर्ने संस्थाहरू छैनन्। डग सोसियल नेटवर्कले यसको अभाव पूर्ति गर्ने मल्लले बताए।
नेटवर्कको सदस्य भएपछि आपसमा कुकुरपालनका विभिन्न समस्याबारे इन्टरनेटमार्फत् छलफल गर्न सकिन्छ। 'एउटा कुकुरपालकलाई आइपर्ने समस्या अर्कोद्वारा समाधान गराइदिनु नै हाम्रो उद्देश्य हो,' केनल क्लबका प्रबन्ध निर्देशक सुरेश शाहले भने, 'यसबाट कुकुरपालकले पनि नयाँ सामाजिक सम्बन्ध विकास भई आफ्ना अनुभव साटासाटा गर्ने अवसर पाउनेछन्।' क्लबमा एसएमएसबाट ४४६६ मा कुकुरका विभिन्न समस्याबारे एक रुपैयाँमा प्रश्न सोध्न पनि सकिन्छ।

No comments: