News

Oct 15, 2009

एनआरएनको अध्यक्ष पदका लागि देवमान हिराचन सर्वसम्मति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गैर आवासीय नेपाली संघ एनआरएनको अध्यक्ष पदका लागि देवमान हिराचनको नाममा सर्वसम्मति भएको छ । अध्यक्ष पदका लागि हिराचन, रामप्रताप थापा र भीम उदासले उम्मेदवारी दिने घोषणा गरेका थिए तर अन्ततः थापा र उदासले हिराचनलाई र्समर्थन गरेका थिए । यस्तै महासचिवमा रतन झा निर्विरोध छानिएका छन् । झा अमेरिकामा व्यवसाय गर्छन् । नेतृत्वमा सहमति कायम गर्न बुधबार राती अबेरसम्म भएको छलफलमा हिराचनलाई साझा उम्मेद्धार बनाउने सहमति भएको एनआरएनका प्रवक्ता जुगल भुर्तेलले जानकारी दिए । वार्षिक साधारण सभाको क्रममा अहिले महासचिवका प्रगति प्रतिवेदन र कोषाध्ध्यक्षको आर्थिक प्रतिबेदनमाथि छलफल भइरहेको छ । ती प्रतिवेदनहरु पारित लगतै निर्वाचन कमिटी गठन गरी निर्वाचन प्रक्रिया अघि बढ्नेछ । विश्वका ५२ मुलुकका ६ सय बढी प्रतिनिधिहरुको सहभागीता रहेको सम्मेलनमा नेपालको आर्थिक विकासका विभिन्न क्षेत्रहरुलाई समेटेर काठमाडौ घोषणापत्र जारी हुँदैछ । यसअघि नेपालको आर्थिक विकासमा एनआरएनको भुमिका र सम्भावनाको बारेमा दुई दिनसम्म छलफल भएको थियो । सम्मेलनको समापन समारोहमा प्रधानमन्त्री माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

No comments: