News

Oct 22, 2009

बीरगति प्राप्त गर्नेहरुको प्रहरीको कुल संख्या १४ सय ८३

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक ५ - वितेका एक वर्षमा दुई प्रहरीले बीरगति प्राप्त गरी अमर प्रहरी बनेका छन । माओवादी जनयुद्ध उत्कर्षमा पुगेको २०५८ सालमा सबैभन्दा बढी ३ सय ४५ प्रहरीहरुको मृत्यु भएको थियो । यसवर्ष कामकै सिलसिलामा मृत्युभएका दुई प्रहरी सहित नेपाल प्रहरीमा कार्यरत रहदा रहदै बीरगति प्राप्त गर्नेहरुको प्रहरीको कुल संख्या १४ सय ८३ पुगेको छ । यस वर्ष अमर हुने प्रहरीहरुमा सुमन जिशी र सन्जितकुमार बर्मा छन । जिशीको गत माघ २४ गते अज्ञात समूहले प्युठानको स्याउलीवाङ्ग प्रहरी चौकीे आक्रमण गर्दा मृत्यु भएको थियो भने बर्माको गत भदौ ८ गते प्रहरी चौकी अमलेखगंज बारामा राजमार्ग बन्दकर्ताहरुको आक्रमणबाट मृत्यु भएको थियो । गृहमन्त्री रावलले बिहीबार प्रधान कार्यालयमा आयोजित समारोहमा यस वर्ष घोषित अमर प्रहरी जवानद्वय स्व. सुमन जि.सी.की धर्मपत्नी रेखा जि.सी. र स्व. सन्जितकुमार बर्माका बुबा नगेन्द्रप्रसाद बर्मालाई कदरपत्र प्रदान गरेका थिए । मृत्यु हुने १४ सय ८३ मा एक जना एसएसपी, दुई जना एसपी, दश जना डिएसपी र इनिस्पेक्टर ३७ जना छन । त्यस्तै सई ५७ जना, असई १ सय ५६ जना, प्रहरी हवल्दार ४ सय ६ जना, प्रहरी जवान ८ सय २ जना र प्रहरी परिचर १२ जना छन । मारिएका मध्ये १ हजार ४ सय ७८ पुरुष र ५ जना महिला छन ।

No comments: