News

Oct 23, 2009

माओवादीले १५ कात्तिकसम्म दुई दललाई अल्टिमेटम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादीले १५ कात्तिकसम्म चित्तबुझ्दो साझा संकल्प प्रस्ताव तयार गर्न अरु दुई दललाई अल्टिमेटम दिएको छ । कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा आज बसेको स्थायी समिति बैठकले १५ गतेसम्म सहमतिको प्रयास जारी राख्ने निर्णय गरेको प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए ।बैठकमा सेनापति थमौती गर्ने राष्ट्रपति डा।रामवरण यादवको कदमले नागरिक सर्वोच्चताको हनन गरेको भन्ने कुनै न कुनै रुपमा सम्बोधन हुनुपर्ने अडान कायम राखेको छ ।बैठकले वर्तमान सरकारको आलोचना गदै सरकार नागरिक सर्वोच्चतालाई टेकेर गठन भएकाले विकल्प खोज्नेबारे पनि छलफल भएको स्रोतले बतायो ।बैठकले १५ गतेसम्म सहमति नभए कडा आन्दोलन थाल्ने निर्णय गरेको छ । त्यस अगाडि सामान्य धर्ना एवं विरोध कार्यक्रम जारी राख्ने निर्णय गरेको प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए। यसैबीच माओवादी अध्यक्ष प्रचण्डले माओवादीलाई एक्ल्याउने षड्यन्त्र भइरहेको भन्दै कात्तिक १५ सम्ममा पनि सहमति नभए आन्दोलनको तुफानलाई कसैले रोक्न नसक्ने चेतावनी दिए । यद्यपी उनले संबिधान निर्माण प्रक्रियामा माओवादी एक्लै भएपनि पछि नहट्ने बताए । प्रचण्डले नेवा राज्य समितिले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा यस्तो धारणा राखेका हुन् ।

No comments: