लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १८- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सभासद्ले छोरालाई प्रहरी निरीक्षक बनाउन घूस खुवाए भन्ने विभिन्न सञ्चारमाध्यमबाट प्रकाशित समाचारको सत्य-तथ्यबारे अनुसन्धान गर्ने भएको छ। यस सम्बन्धमा आयोगले प्रहरी प्रधान कार्यालयबाट सम्पूर्ण फाइल २४ घण्टाभित्र झिकाइ अनुसन्धान गर्ने निर्णय गरेको छ। पत्रपत्रिकामा प्रकाशित समाचार नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक प्रकाश कुँवरले असई सुरेन्द्र आचार्य र सूर्यबहादुर सुनुवारलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरेको भन्नेसमेत समाचारमा आएकोप्रति आयोगको ध्यानाकर्षण भएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।एमाले सभासद् गोविन्द नेपालीका छोरा नवराजलाई प्रहरी निरीक्षक परीक्षामा पास गराउन घूस लिने असइ सुरेन्द्र आचार्य र सूर्यबहादुर सुनुवार पक्राउ परेका समाचार शुक्रबारे सञ्चारमाध्यमले प्रकाशन गरेका थिए।
No comments:
Post a Comment