लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आगलागीपछि सञ्चालनमा आएको कालिमाटीस्थित तरकारी तथा फलफुल बजार पुनः बन्द हुन पुगेको छ । आगलागी पीडितहरुले राहतको माग गर्दै बजारको गेटमा तालाबन्दी गरेपछि बजार पुन बन्द हुन पुगेको हो । हिजोदेखि आंशिक खुलेको बजार बन्द गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ । शनिबार राति विद्युत सर्ट भएर आकस्मिक आगलागी हुँदा कालिमाटी तरकारी बजारभित्र ६ जनाको निधन भएको थियो । त्यहाँ ८ करोड बराबरको क्षति भएको अनुमान गरिएको छ । आगलागीका कारण सो बजारमा आलु, लसुन, प्याज, गोलभेंडा, काउली, बन्दा, सिमीलगायत अन्य तरकारी जलेका थिए ।
No comments:
Post a Comment