News

Mar 5, 2012

धनवीर सावाको सम्मानमा विदाई कार्यक्रम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/थिवोङशा
३ फेव्रुअरी २०१२ को वेलुका नेपालवाट आउनुभएका याक्थुङ कलाकार धनवीर सावाको सम्मानमा लिम्वुवान राष्ट्रिय मोर्चाले जोर्डन स्थित चौतारी क्लवमा रात्रीभोजको साथ विदाई कार्यक्रम सम्पन्न गरेको थियो । कार्यक्रममा विगत फेव्रुअरी २५ तारिकको याक्थुङ साम्लो प्रथम कार्यक्रमको समिक्षा पनि भएको थियो । जुन कार्यक्रम ऐतिहासिक रुपमा धनवीर सावाको विषेश प्रस्तुतीमा हङकङका स्थानीय लिम्वु कलाकारहरु राजु आङदेम्वे, साक्थिम योङया, टिका माखिम, कमानधोज लावती, असली वनेम,काजीमान मास्वा,सावित्रा इङनाम आदिको साथमा हङकङमा पहिलोपटक याक्थुङमय रुपमा भएको थियो । विदाई कार्यक्रममा अविचन्द्र इङनाम, कार्यक्रम संयोजक डि.वी. पालुङवा र उद्घोषिका गीता पालुङवा, हाक्पारेकी आईकन असली वनेम, जनजाति पत्रकार महासंघका अध्यक्ष भूपेन्द्र चेम्जोङ, चुम्लुङ अध्यक्ष्ँ कृष्णराज लावती आदिले मन्तव्य राखेका थिए । साथै चुम्लुङको तर्फबाट अध्यक्ष लावतीले गीफ्ट प्रदान गर्नुभएको थियो । त्यस्तै प्रमुख पाहुना कलाकार धनवीर सावाले पनि आफ्नो भनाईहरु राख्दै कार्यक्रम आयोजकहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । लिरामो अध्यक्ष दिल पालुङवाले याक्थुङ साम्लो कार्यक्रम ऐतिहासिक भएको र पूर्ण रुपमा सफल भएकोमा धनवीर सावा र लिरामो सास्कृतिक विभाग,याक्थुङ साक्थिमिवा सयङ,सहभागी कलाकारहरु तथा सवैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । धनवीर सावा प्लेन डिलेको कारण आईतवार विहान नेपाल र्फकनु भयो । उहालाई लिरामो अध्यक्ष दिल पालुङवा लिम्वुले एयरपोर्ट पुगेर विदाई गरेका थिए ।

No comments: