लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सत्ता समिकरणका बेला माओवादीसंग भएको चार बुँदे सहमति कार्यान्वयन नभएको भन्दै मधेशी जनअधिकार फोरम गणतान्त्रिकले सरकारबाट बाहिरिने चेतावनी दिएको छ । फोरम गणतान्त्रिकका नेताले आज प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेटेर तत्काल सहमति कार्यान्वयन गर्न आग्रह गर्दै यस्तो बताएका हुन् । सहमति कार्यान्वयनमा सरकार इमान्दार नभए पार्टी सरकारबाट बाहिरिने फोरम गणतान्त्रिकका अध्यक्ष राजलाल यादवले बताउनुभयो । फोरम गणतान्त्रिकका अध्यक्ष जयप्रकाश प्रसाद गुप्तालाई सर्वोच्च अदालतले यही फागुन ९ गते पदीय दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको ठहर गर्दै जेल पठाएको थियो ।
No comments:
Post a Comment