News

Mar 7, 2012

मन्त्री विष्टले भिसा पाउने संकेत, आजै जर्मनी जाने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दोहा (कतार), फाल्गुन २४ - भिसा नभएर समस्यामा परेका पर्यटन तथा नागरिक उड्डयन लोकेन्द्र विष्टको स्थानीय समय अनुसार बुधबार बिहान संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी अबुधाबीस्थित जर्मनी दुतावासमा भिसा प्रकृया सुरु भएको छ । अबुधाबीमा रहेको नेपाली दुतावासले मन्त्री विष्टको भिसाको लागि पत्र र फाराम भरेर बुझाई सकेको जनाउँदै भिसा मिल्ने संकेत आइसकेको बताएको छ । 'भिसाको लागि हामी प्रकृया पुरा गरेर बुझाएका छौं, मिल्ने संकेत पनि आइसकेको छ,' नेपाली दुतावासका कार्यवहाक राजदुत दीपक अधिकारीले भने, 'भिसा प्राप्त हुनासाथ हवाई टिकट कन्फमेसन तिर लाग्ने छौं, संभवतः मन्त्रीज्यु आजै जर्मनी प्रस्थान गर्नुहुने छ ।' मन्त्री विष्ट जर्मनीमा आयोजित एक सम्मेलनमा श्रीमतीसहित अबुधाबी हुँदै जाने क्रममा उनीसँग भिसा नभएका कारण अवुधावी अन्तराष्ट्रिय विमानस्थको अध्यागमनले सोमबार रातिदेखि उडान अनुमति दिएको छैन । श्रीमतीको भने पासपोर्टमा काठमाडौंस्थित जर्मनी दुतावासले लगाएको भिसा छ । मन्त्री विष्ट र श्रीमतीले मंगलबार युएईको ट्रान्जिट भीसा पाएपछि राति नेपाली राजदुत निवासमा बसे । कुटनैतिक भिसाको पहिलो खबर गर्नु पर्ने भए पनि दुतावासको विशेष अनुरोधमा युएई सरकारले मंगलबार नै ट्रान्जिटको लागि भिसा दिएको थियो ।

No comments: