News

Mar 7, 2012

कम्युनिस्ट विरुद्ध आक्रामक हुन रामचन्द्र पौडेलको निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इटहरी, फागुन २४ - कङ्ग्रेस उपसभापति रामचन्द्र पौडेलले कम्युनिस्टहरू विरुद्ध आक्रामक ढङ्गले प्रस्तुत हुन कार्यकतालाई निर्देशन दिएका छन्। पार्टीको पूर्वाञ्चलस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै पौडेलले भने,'कम्युनिस्टहरूले कङ्ग्रेस कार्यकर्ताहरूलाई डोमिनेट गर्दै आएका छन्।''कङ्ग्रेसले प्रतिरक्षात्मक भूमिका निर्वाह गर्दै आएकोमा अब आक्रामक ढङ्गले प्रस्तुत हुनु पर्छ,' उनले भने। कार्यक्रममा १६ जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रका महाधिवेशन प्रतिनिधि, र महासमिति सदस्य, जिल्ला सभापति, सभासद तथा केन्द्रीय सदस्य गरी २ सय ५० जनाको सहभागिता छ।

No comments: