News

Sep 3, 2008

भारतको बिहार जेलमा रहेका करिब ५१८ बालबालिकाको उद्धार कार्य सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माइती नेपालले भारतको बिहार जेलमा रहेका करिब ५१८ बालबालिकाको उद्धार कार्य सुरु गरेको छ । अवैध रूपमा कुवेत जान लागेको भनी भारत सरकारले उनीहरुलाई उक्त जेलमा राखेको र धरौटीमा छुटाएर नेपाल ल्याउने प्रक्रिया सुरु गरिएको माइती नेपालका अध्यक्ष अनुराधा कोइरालाले बताउनुभयो ।उहाँका अनुसार प्रतिव्यक्ति करिब रु.पाँच हजार भारतीय सरकारलाई बुझाएर ती बालबालिकालाई उद्धार गर्न थालिएको हो । ती बालबालिकालाई दलालहरुले कुवेत पुर्‍याई दिने भन्दै नक्कली राहदानी बनाएर लैजादै गरेको अवस्थामा भारतीय सरकारले ती बालबालिकालाई पक्राउ गरेको अध्यक्ष कोइरालालाई उद्धृत गर्दे राष्ट्रिय समाचार समितिले जनाएको छ ।

Sep 2, 2008

वाईसीएल र युथफोर्सबीच झडप भएपछि धनकुटा तनावग्रस्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सत्तारुढ घटक माओवादी र एमालेका भ्रातृ संगठनबीच भएको भिडन्तले गर्दा धनकुटामा अनिश्चितकालीन कर्फर्यु जारी भएको छ। कर्फर्युका कारण स्थानीय जनजीवन कष्टकर बन्न पुगेको छ। केही दिनअघि माओवादी भ्रातृ संगठन वाईसीएल र एमाले भ्रातृ संगठन युथफोर्सबीच झडप भएपछि धनकुटा तनावग्रस्त रहँदै आएकोमा सोमबार बिहान युथफोर्सका कार्यकर्ताले माओवादीका जिल्ला सेक्रेटरी डिल्लीराम र्राईलाई कुटपिट गरेपछि भिडन्त मच्चिएको थियो।सोमबार बिहान ६ देखि ७ बजेको बीचमा १ घण्टा कर्फर्यु खुलुको बेलामा माओवादी जिल्ला सेक्रेटरी स्थानीय मदनचोकमा पिटिएपछि तनाव बढेको थियो। भिडन्तबाट र्सवसाधारण र प्रहरीसहित १५ जना घाइते भएका छन्।यसैबीच चरिकोट संवाददाताका अनुसार सदरमुकाम चरिकोट तथा मैनापोखरी बजारमा माओवादी र एमाले समर्थित युवाहरूबीच सोमबार झडप भएपछि दोलखा जिल्लासमेत अशान्त भएको छ।सदरमुकाम चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पसमा उत्पन्न विवादपछि माओवादी र एमाले समर्थित युवा विद्यार्थीबीच झडप हुँदै आएकोमा सोमबार एमाले र माओवादीका उच्च नेताहरूबीच आगामी दिनमा भिडन्त नगर्ने सहमति भए पनि कार्यकर्ता भिडन्तमा उत्रिएका छन्।सहमति भएपछि पनि अखिल क्रान्तिकारी पक्षले एमाले समर्थित विद्यार्थी अमृत राउतलाई कुटपिट गरेका कारण द्विपक्षीय भिडन्त शुरू भएको थियो। सोमबार राति अबेरसम्म भिडन्त भइरहेको जानकारी प्राप्त भएको छ।

एमाले केन्द्रीय कमिटीको बैठक सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सत्तारुढ एमालेको केन्द्रीय कमिटी बैठक पार्टी केन्द्रीय कार्यलय बल्खुमा सुरु भएको छ ।एमाले केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यलय बल्खुमा भदौ १७ गते सुरु भएको बैठकमा पार्टीका महासचिव झलनाथ खनालले ३४ पेज लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । श्रोतका अनुसार, खनालको प्रतिवेदनमा राष्ट्रपति चुनावदेखि सरकार गठनसम्मका घटनाक्रमको मूल्याङ्कन, नेपाली जनताको प्रमुख अन्तरविरोधमा आएको परिवर्तन, माओवादी र नेपाली कांग्रेसलाई हेर्ने दृष्टिकोण, मंशीर १ देखि ७ सम्म राजधानीमा हुने पार्टीको आठौं महाधिवेशनबारे चर्चा गरिएको छ । खनालको प्रतिवेदनमा एमालेको अबको राजनीतिक कार्यदिशा कस्तो हुने, जनताको बहुदलीय जनवादलाई कसरी सम्बृद्ध पार्ने तथा पार्टीको बैचारिक, राजनीतिक, संगठनात्मक र शैलीमा कस्तो परिवर्तन गर्नेबारे पनि ब्याख्या गरिएको श्रोतले बतायो । महासचिव खनालको राजनीतिक परिवर्तनमा आधारित भएर पार्टीका केन्द्रीय सदस्यहरुले बैठकमा छलफल गर्ने एमालेको परम्परा छ । बैठक केही दिन चल्ने श्रोतले बतायो ।

६ महिनाभित्र मुलुकको सुरक्षास्थिति जनताले महसुस गर्न सक्ने - वामदेव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नवनियुक्त उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले ६ महिनाभित्र मुलुकको सुरक्षास्थिति जनताले महसुस गर्न सक्ने गरी सुधार गर्न नसके आफूले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ। मन्त्री नियुक्त भएको भोलिपल्ट आयोजित पत्रकार सम्मेलनमा आफना भावी योजना कार्यक्रमबारे बोल्दै गृहमन्त्री गौतमले सुरक्षास्थिति मजबुत पार्न नसके आफू पदमा बस्नुको कुनै औचित्य नहुने पनि स्पष्ट पार्नुभयो।मैले ६ महिनाभित्र मुलुकमा पूर्ण शान्ति स्थापना गर्नेछु’, उहाँले भन्नुभयो- वाईसीएल, युथ फोर्सलगायत युवा संगठन पनि नियमविपरीत कार्य गरे कानुनी कारबाहीको दायरामा पर्नेछन्।’गृहमन्त्री गौतमले मुलुकको वर्तमान सुरक्षानिती पुरानो भएकाले यसलाई परिवर्तन गर्ने सोच रहेको धारणा पनि राख्नुभएको छ।केही समयपछि सुरक्षा निकायको नेतृत्वसमेत परिवर्तन गर्न सकिने संकेत गर्दै सोमबार रिपोर्र्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उपप्रधानमन्त्री गौतमले भन्नुभयो- परिवर्तन आवश्यक छ।’द्वन्द्वलाई तर्कसंगत निष्कर्षा पुर्यानई मुलुकलाई शान्ति मार्गमा डोर्यारउनु वर्तमान सरकारको मुख्य दायित्व भएको बताउँदै उहाँले भन्नुभयो- तोकिएकै मितिमा नयाँ संविधान निर्माण गर्नु सरकारको कर्तव्य हो।’अस्वस्थ राजनीतिक र आपराधिक गतिविधिका कारण तर्राईमा द्वन्द्व बढेको उल्लेख गर्दै उहाँले आपराधिक गतिविधि रोक्न जस्तोसुकै कारबाही गर्न आफू तयार रहेको बताउनुभयो।संविधानसभा निर्वाचनमा आफू पराजित भए पनि दलले आफूलाई विश्वास गरेरै उपप्रधानमन्त्री बनाएको प्रस्टयाउँदै उहाँले आफनो काँधमा चुनौती र जिम्मेवारी रहेको बताउनुभयो।दुइ छिमेकी देश भारत र चीनविरोधी जस्तोसुकै गतिविधि नियन्त्रण गर्न सरकार तयार रहेको बताउँदै उहाँले त्यस्ता गतिविधि नियन्त्रण गर्न निर्देशन दिएको समेत बताउनुभयो।गृहमन्त्रीमा नियुक्त भएकै दिन आइतबार साँझ सुरक्षा निकायका प्रमुखहरूलाई गौतमले सुरक्षास्थिति कडा पार्न निर्देशन दिनुभएको थियो। उहाँले मुलुकको सुरक्षास्थिति नाजुक भएकाले अब कडाइ गरी सुधार ल्याउन नसके सुरक्षा अधिकारीहरूलाई नै कारबाही गर्ने चेतावनीसमेत दिनुभएको थियो।

'पत्रकार आन्दोलनप्रति गम्भीर छौं' - महरा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले नेपाल वान टेलिभिजनमा देखिएको समस्या र पत्रकारको आन्दोलनलाई सरकारले गम्भीर रुपमा लिएको बताउनुभएको छ । आन्दोलनबारे नेपाल पत्रकार महासंघका प्रतिनिधिसँग भएको भेटमा उहाँले यस्तो बताउनुभएको हो ।सञ्चारमन्त्री महराले नेपाल वानको समस्याका विषयमा महासङ्घले नेतृत्व गरेको आन्दोलनलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनुभयो । उहाँले नेपाल वान टेलिभिजनका पत्रकारहरूको आन्दोलन पेशागतमात्र नभएर राष्ट्रियतासँग गाँसिएको बताउनुभयो ।सरकारले नेपाल वानको कानुनी हैसीयत र श्रमजीवीका अधिकारहरू प्रष्ट पार्न पहल भइरहेको उहाँले जानकारी गराउनुभयो । महासङ्घका पदाधिकारी र नेपाल वान टेलिभिजनका सङ्घर्षरत पत्रकारहरूसँगको भेटमा मन्त्री महराले पहिले नेपाल वानलाई नेपालको कानुनी दायरामा ल्याउनु अनिवार्य भएकाले सरकारको कदम त्यसतर्फ बढेको र एक/दुइ दिनमै यसको छिनोफानो हुने बताउनुभयो ।मन्त्री महराले नेपाल वानको कानुनी हैसीयतबारे सरकार संवेदनशील रहेको र प्रधानमन्त्री पुष्पकमल दाहालसँग आफूले कुरा गरिसकेकाले चाँडै निकास आउने बताउनुभयो । उहाँले यस विषयमा आफूले तत्कालै भारतीय राजदूतसँग पनि कुरा गर्ने जानकारी दिनुभयो ।

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पीताम्बर शर्मालाई नियुक्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पीताम्बर शर्मालाई नियुक्त गरिएको छ । मन्त्रिपरिषदको वैठकले उहाँलाई नियुक्त गरेको हो । यसअघिका आयोग पदाधिकारीले केही दिनअघि राजीनामा दिएका थिए ।आयोगका उपाध्यक्ष डा.जगदीशचन्द्र पोखरेल तथा सदस्य डा. पुष्पराज राजकर्णिकार, इन्दिरा श्रेष्ठ, डा.पोषराज पाण्डे, डा. चैतन्य सुब्बा, रमाकान्त गौरो थारु, भीमप्रसाद न्यौपाने, दीपेन्द्रबहादुर क्षेत्री र प्रा. महेश्वरमान श्रेष्ठले दिनुभएको राजीनामा मन्त्रिपरिषदले स्वीकृत गरेको जनाइएको छ ।

प्रधानमन्त्री भारतको औपचारिक भ्रमणका लागि भारत सरकारले गृहकार्य सुरू

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
परराष्ट्रमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को भारतको औपचारिक भ्रमणका लागि भारत सरकारले गृहकार्य सुरू गरिसकेको बताउनुभएको छ । भारतको नयाँदिल्लीमा आयोजित बिमस्टेकको परराष्ट्रमन्त्रीस्तरीय दशौं बैठकमा सहभागी भएर स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले उक्त जानकारी दिनुभएको हो ।प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रसङ्घको महासभा बैठकअघि नै भारत भ्रमणको निम्ता दिन आग्रह गरिएको उहाँले उल्लेख गर्नुभयो । प्रधानमन्त्रीको चीन भ्रमणपपछि नेपाल-भारतबीच देखिएका भ्रम अब हटेर गएको दाबी समेत उहाँले गर्नुभयो ।बिमस्टेक बैठकका क्रममा भारतीय प्रधानमन्त्री डा. मनमोहन सिँहसँग छुट्टै भेटवार्ता गरेर नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणमा आमन्त्रण गर्न आग्रह गरिएको बताउँदै मन्त्री यादवले प्रधानमन्त्री प्रचण्डलाई औपचारिक भारत भ्रमणमा भारतीय प्रधानमन्त्रीले स्वागत गर्न चाहेको धारणा राख्नुभएको बताउनुभयो ।यसैगरी, भेटका क्रममा नेपालको राजनीतिक विकासका साथै कोसी नदीले तटबन्ध भत्काएपछि पूर्वी नेपालको तराइ क्षेत्रमा आएको बाढी र प्रकोपका विषयमा जानकारी गराएको बताउँदै परराष्ट्रमन्त्री यादवले भारत सरकारका तर्फबाट नेपाललाई सबै प्रकारको सहयोग गर्न तत्परता देखाइएको जानकारी दिनुभयो ।मन्त्री यादवले भारतसँगका सन् १९५० को सन्धि एवम् अन्य सन्ध् सम्झौताको पुनरवलोकन गर्न भारत सरकार सकारात्मक रहेको जानकारी दिनुभयो ।