News

Sep 2, 2008

एमाले केन्द्रीय कमिटीको बैठक सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सत्तारुढ एमालेको केन्द्रीय कमिटी बैठक पार्टी केन्द्रीय कार्यलय बल्खुमा सुरु भएको छ ।एमाले केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यलय बल्खुमा भदौ १७ गते सुरु भएको बैठकमा पार्टीका महासचिव झलनाथ खनालले ३४ पेज लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । श्रोतका अनुसार, खनालको प्रतिवेदनमा राष्ट्रपति चुनावदेखि सरकार गठनसम्मका घटनाक्रमको मूल्याङ्कन, नेपाली जनताको प्रमुख अन्तरविरोधमा आएको परिवर्तन, माओवादी र नेपाली कांग्रेसलाई हेर्ने दृष्टिकोण, मंशीर १ देखि ७ सम्म राजधानीमा हुने पार्टीको आठौं महाधिवेशनबारे चर्चा गरिएको छ । खनालको प्रतिवेदनमा एमालेको अबको राजनीतिक कार्यदिशा कस्तो हुने, जनताको बहुदलीय जनवादलाई कसरी सम्बृद्ध पार्ने तथा पार्टीको बैचारिक, राजनीतिक, संगठनात्मक र शैलीमा कस्तो परिवर्तन गर्नेबारे पनि ब्याख्या गरिएको श्रोतले बतायो । महासचिव खनालको राजनीतिक परिवर्तनमा आधारित भएर पार्टीका केन्द्रीय सदस्यहरुले बैठकमा छलफल गर्ने एमालेको परम्परा छ । बैठक केही दिन चल्ने श्रोतले बतायो ।

No comments: