News

Sep 2, 2008

प्रधानमन्त्री भारतको औपचारिक भ्रमणका लागि भारत सरकारले गृहकार्य सुरू

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
परराष्ट्रमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को भारतको औपचारिक भ्रमणका लागि भारत सरकारले गृहकार्य सुरू गरिसकेको बताउनुभएको छ । भारतको नयाँदिल्लीमा आयोजित बिमस्टेकको परराष्ट्रमन्त्रीस्तरीय दशौं बैठकमा सहभागी भएर स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले उक्त जानकारी दिनुभएको हो ।प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रसङ्घको महासभा बैठकअघि नै भारत भ्रमणको निम्ता दिन आग्रह गरिएको उहाँले उल्लेख गर्नुभयो । प्रधानमन्त्रीको चीन भ्रमणपपछि नेपाल-भारतबीच देखिएका भ्रम अब हटेर गएको दाबी समेत उहाँले गर्नुभयो ।बिमस्टेक बैठकका क्रममा भारतीय प्रधानमन्त्री डा. मनमोहन सिँहसँग छुट्टै भेटवार्ता गरेर नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणमा आमन्त्रण गर्न आग्रह गरिएको बताउँदै मन्त्री यादवले प्रधानमन्त्री प्रचण्डलाई औपचारिक भारत भ्रमणमा भारतीय प्रधानमन्त्रीले स्वागत गर्न चाहेको धारणा राख्नुभएको बताउनुभयो ।यसैगरी, भेटका क्रममा नेपालको राजनीतिक विकासका साथै कोसी नदीले तटबन्ध भत्काएपछि पूर्वी नेपालको तराइ क्षेत्रमा आएको बाढी र प्रकोपका विषयमा जानकारी गराएको बताउँदै परराष्ट्रमन्त्री यादवले भारत सरकारका तर्फबाट नेपाललाई सबै प्रकारको सहयोग गर्न तत्परता देखाइएको जानकारी दिनुभयो ।मन्त्री यादवले भारतसँगका सन् १९५० को सन्धि एवम् अन्य सन्ध् सम्झौताको पुनरवलोकन गर्न भारत सरकार सकारात्मक रहेको जानकारी दिनुभयो ।

No comments: