News

Sep 2, 2008

६ महिनाभित्र मुलुकको सुरक्षास्थिति जनताले महसुस गर्न सक्ने - वामदेव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नवनियुक्त उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले ६ महिनाभित्र मुलुकको सुरक्षास्थिति जनताले महसुस गर्न सक्ने गरी सुधार गर्न नसके आफूले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ। मन्त्री नियुक्त भएको भोलिपल्ट आयोजित पत्रकार सम्मेलनमा आफना भावी योजना कार्यक्रमबारे बोल्दै गृहमन्त्री गौतमले सुरक्षास्थिति मजबुत पार्न नसके आफू पदमा बस्नुको कुनै औचित्य नहुने पनि स्पष्ट पार्नुभयो।मैले ६ महिनाभित्र मुलुकमा पूर्ण शान्ति स्थापना गर्नेछु’, उहाँले भन्नुभयो- वाईसीएल, युथ फोर्सलगायत युवा संगठन पनि नियमविपरीत कार्य गरे कानुनी कारबाहीको दायरामा पर्नेछन्।’गृहमन्त्री गौतमले मुलुकको वर्तमान सुरक्षानिती पुरानो भएकाले यसलाई परिवर्तन गर्ने सोच रहेको धारणा पनि राख्नुभएको छ।केही समयपछि सुरक्षा निकायको नेतृत्वसमेत परिवर्तन गर्न सकिने संकेत गर्दै सोमबार रिपोर्र्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उपप्रधानमन्त्री गौतमले भन्नुभयो- परिवर्तन आवश्यक छ।’द्वन्द्वलाई तर्कसंगत निष्कर्षा पुर्यानई मुलुकलाई शान्ति मार्गमा डोर्यारउनु वर्तमान सरकारको मुख्य दायित्व भएको बताउँदै उहाँले भन्नुभयो- तोकिएकै मितिमा नयाँ संविधान निर्माण गर्नु सरकारको कर्तव्य हो।’अस्वस्थ राजनीतिक र आपराधिक गतिविधिका कारण तर्राईमा द्वन्द्व बढेको उल्लेख गर्दै उहाँले आपराधिक गतिविधि रोक्न जस्तोसुकै कारबाही गर्न आफू तयार रहेको बताउनुभयो।संविधानसभा निर्वाचनमा आफू पराजित भए पनि दलले आफूलाई विश्वास गरेरै उपप्रधानमन्त्री बनाएको प्रस्टयाउँदै उहाँले आफनो काँधमा चुनौती र जिम्मेवारी रहेको बताउनुभयो।दुइ छिमेकी देश भारत र चीनविरोधी जस्तोसुकै गतिविधि नियन्त्रण गर्न सरकार तयार रहेको बताउँदै उहाँले त्यस्ता गतिविधि नियन्त्रण गर्न निर्देशन दिएको समेत बताउनुभयो।गृहमन्त्रीमा नियुक्त भएकै दिन आइतबार साँझ सुरक्षा निकायका प्रमुखहरूलाई गौतमले सुरक्षास्थिति कडा पार्न निर्देशन दिनुभएको थियो। उहाँले मुलुकको सुरक्षास्थिति नाजुक भएकाले अब कडाइ गरी सुधार ल्याउन नसके सुरक्षा अधिकारीहरूलाई नै कारबाही गर्ने चेतावनीसमेत दिनुभएको थियो।

No comments: