News

Sep 2, 2008

'पत्रकार आन्दोलनप्रति गम्भीर छौं' - महरा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले नेपाल वान टेलिभिजनमा देखिएको समस्या र पत्रकारको आन्दोलनलाई सरकारले गम्भीर रुपमा लिएको बताउनुभएको छ । आन्दोलनबारे नेपाल पत्रकार महासंघका प्रतिनिधिसँग भएको भेटमा उहाँले यस्तो बताउनुभएको हो ।सञ्चारमन्त्री महराले नेपाल वानको समस्याका विषयमा महासङ्घले नेतृत्व गरेको आन्दोलनलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनुभयो । उहाँले नेपाल वान टेलिभिजनका पत्रकारहरूको आन्दोलन पेशागतमात्र नभएर राष्ट्रियतासँग गाँसिएको बताउनुभयो ।सरकारले नेपाल वानको कानुनी हैसीयत र श्रमजीवीका अधिकारहरू प्रष्ट पार्न पहल भइरहेको उहाँले जानकारी गराउनुभयो । महासङ्घका पदाधिकारी र नेपाल वान टेलिभिजनका सङ्घर्षरत पत्रकारहरूसँगको भेटमा मन्त्री महराले पहिले नेपाल वानलाई नेपालको कानुनी दायरामा ल्याउनु अनिवार्य भएकाले सरकारको कदम त्यसतर्फ बढेको र एक/दुइ दिनमै यसको छिनोफानो हुने बताउनुभयो ।मन्त्री महराले नेपाल वानको कानुनी हैसीयतबारे सरकार संवेदनशील रहेको र प्रधानमन्त्री पुष्पकमल दाहालसँग आफूले कुरा गरिसकेकाले चाँडै निकास आउने बताउनुभयो । उहाँले यस विषयमा आफूले तत्कालै भारतीय राजदूतसँग पनि कुरा गर्ने जानकारी दिनुभयो ।

No comments: