News

Sep 2, 2008

वाईसीएल र युथफोर्सबीच झडप भएपछि धनकुटा तनावग्रस्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सत्तारुढ घटक माओवादी र एमालेका भ्रातृ संगठनबीच भएको भिडन्तले गर्दा धनकुटामा अनिश्चितकालीन कर्फर्यु जारी भएको छ। कर्फर्युका कारण स्थानीय जनजीवन कष्टकर बन्न पुगेको छ। केही दिनअघि माओवादी भ्रातृ संगठन वाईसीएल र एमाले भ्रातृ संगठन युथफोर्सबीच झडप भएपछि धनकुटा तनावग्रस्त रहँदै आएकोमा सोमबार बिहान युथफोर्सका कार्यकर्ताले माओवादीका जिल्ला सेक्रेटरी डिल्लीराम र्राईलाई कुटपिट गरेपछि भिडन्त मच्चिएको थियो।सोमबार बिहान ६ देखि ७ बजेको बीचमा १ घण्टा कर्फर्यु खुलुको बेलामा माओवादी जिल्ला सेक्रेटरी स्थानीय मदनचोकमा पिटिएपछि तनाव बढेको थियो। भिडन्तबाट र्सवसाधारण र प्रहरीसहित १५ जना घाइते भएका छन्।यसैबीच चरिकोट संवाददाताका अनुसार सदरमुकाम चरिकोट तथा मैनापोखरी बजारमा माओवादी र एमाले समर्थित युवाहरूबीच सोमबार झडप भएपछि दोलखा जिल्लासमेत अशान्त भएको छ।सदरमुकाम चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पसमा उत्पन्न विवादपछि माओवादी र एमाले समर्थित युवा विद्यार्थीबीच झडप हुँदै आएकोमा सोमबार एमाले र माओवादीका उच्च नेताहरूबीच आगामी दिनमा भिडन्त नगर्ने सहमति भए पनि कार्यकर्ता भिडन्तमा उत्रिएका छन्।सहमति भएपछि पनि अखिल क्रान्तिकारी पक्षले एमाले समर्थित विद्यार्थी अमृत राउतलाई कुटपिट गरेका कारण द्विपक्षीय भिडन्त शुरू भएको थियो। सोमबार राति अबेरसम्म भिडन्त भइरहेको जानकारी प्राप्त भएको छ।

No comments: