News

Sep 3, 2008

भारतको बिहार जेलमा रहेका करिब ५१८ बालबालिकाको उद्धार कार्य सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माइती नेपालले भारतको बिहार जेलमा रहेका करिब ५१८ बालबालिकाको उद्धार कार्य सुरु गरेको छ । अवैध रूपमा कुवेत जान लागेको भनी भारत सरकारले उनीहरुलाई उक्त जेलमा राखेको र धरौटीमा छुटाएर नेपाल ल्याउने प्रक्रिया सुरु गरिएको माइती नेपालका अध्यक्ष अनुराधा कोइरालाले बताउनुभयो ।उहाँका अनुसार प्रतिव्यक्ति करिब रु.पाँच हजार भारतीय सरकारलाई बुझाएर ती बालबालिकालाई उद्धार गर्न थालिएको हो । ती बालबालिकालाई दलालहरुले कुवेत पुर्‍याई दिने भन्दै नक्कली राहदानी बनाएर लैजादै गरेको अवस्थामा भारतीय सरकारले ती बालबालिकालाई पक्राउ गरेको अध्यक्ष कोइरालालाई उद्धृत गर्दे राष्ट्रिय समाचार समितिले जनाएको छ ।

No comments: