News

Jan 1, 2009

तमिल विद्रोही वार्ताका लागि तयार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कोलम्बो/ आफूहरूविरुद्ध सैन्य कारबाही जारी रहँदा नै तमिल टाइगर पृथकतावादीहरू सरकारसँगको शान्तिवार्ता पुनः थाल्न तयार रहेको एक विद्रोही अधिकारीले बुधबार बताएका छन् । सरकारी सेनाले तमिल विद्रोहीहरूविरुद्ध नयाँ अभियान थालेर उनीहरूद्वारा नियन्त्रित रहेका भित्री इलाकासम्म पुगेपछि धेरै ठाँउमा विद्रोहीहरू पछि हट्न बाध्य भए । आगामी केही महिनामा विद्रोही समूहलाई निमिट्यान्न पार्ने अपेक्षा राखेको सरकारी अधिकारीले बताएका छन् । विद्रोहीका राजनीतिक विभाग प्रमुख बालासिंघम नादेसानले विद्रोहीहरू पराजयनजिक पुगेको कुरामा आफूहरूलाई विश्वास नभएको बताएका छन् । 'हाम्रा जनताको जीवनरक्षाका लागि र हाम्रो फौजको सामथ्र्य बनाइराख्नका लागि थुपै्र सामरिक महत्त्वका इलाकाबाट हामी पछि हट्यौँ । समयअनुकूल बन्नासाथ हामी गुमेका ती ठाउँहरू फिर्ता लिनेछौँ'- उनले भने । उनले नयाँ शान्तिवार्ताको आशा विद्रोहीहरूले नत्यागिसकेको पनि उनले बताए । नादेसानले भने- 'हामी सधै शान्तिवार्ताका लागि तयार भएर बसेका छौँ, तर श्रीलंकन सरकार सधै सैन्य समाधानमै अड्डी लिएर बसेको छ ।' विद्रोहीहरू हतियार बिसाउन तयार भए मात्र नयाँ शान्ति प्रयासप्रति विचार गर्ने सकिने सरकारले बताएको छ । दुवै पक्ष सन् २००२ मा युद्धविरामका लागि सहमत भएका थिए । त्यसपछि अन्तर्राष्ट्रिय मध्यस्थकर्ताको रोहबरमा द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न वार्तामा बस्दै आएका थिए ।

2008 मा गुमाइएका बिश्वका केहि चर्चित व्यक्ति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
यस वर्ष विश्वले केही असल र केही खराब मानिस गुमायो । यहाँ २००८ मा हामीले गुमाएका केही प्रमुख विश्वचर्चित व्यक्तित्वको छोटो परिचय -
एड्मन्ड हिलारी
सन् १९५३ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने एड्मन्ड हिलारीको ८८ वर्षको उमेरमा ११ जनवरी मा निधन भयो । तेन्जिङ शेर्पा र उनले पहिलोपटक सगरमाथा आरोहण गरेका थिए ।
जर्ज हब्वास
प्यालेष्टाइनको स्वतन्त्रताको उदेश्य राखेर स्थापना गरिएको लोकपि्रय मोर्चाका संस्थापक जर्ज हब्बासको २००८ मा जनवरी २६ मा ८१ वर्षको उमेरमा जोर्डनमा मृत्यु भयो ।
सुहार्तो
१९६७ देखि १९९८ सम्म इन्डोनेसियाका राष्ट्रपति बनेका सुहार्तोको मृत्यु ८६ वर्षको उमेरमा २७ जनवरीमा भयो । एसिया महादेशमा लामो अवधिसम्म शासन गर्नेमध्ये उनी एक हुन् ।
महर्षी महेश योगी
चर्चित सांकेतिक समूह बिटल्स तथा अन्य स्टारलाई ध्यानयोग सिकाउने श्रेय भारतका गुरु महर्षी महेश योगीलाई जान्छ । ९१ वर्षीय योगीको ५ फेबु्रअरी २००८ मा नेदरल्यान्डमा निधन भयो ।
सर आर्थर क्लार्क
साइन्स फिक्सनका पायनियरका रूपमा चिनिएका सर आर्थर क्लार्कको श्रीलंकामा १९ मार्च २००८ मा मृत्यु भयो । उनी ९० वर्षका थिए । उनले आफ्ना पुस्तकमा भूउपग्रहका बारेमा पहिल्यै नै लेखेका थिए ।
अलेक्सान्द्र सोल्झेनित्सिन
साहित्यमा नोबल पुरस्कार पाएका अलेक्सान्द्र सोल्झेनित्सिनलाई पनि हामीले यसै वर्ष गुमायौँ । सोल्झेनित्सिनले स्टालिनको शासनकालमा श्रमशिविरमा गरिएका अनाचारहरूका बारेमा लेखेका छन् । २००८ को अगस्ट ४ मा ८९ वर्षको उमेरमा मस्कोमा उनको मृत्यु भयो ।
हरिकिसनसिंह सुरजित
भारतका कम्युनिस्ट नेता हरिकिसनसिंह सुरजितको निधन पनि यसै वर्ष भयो । अगस्ट १ मा मुटुसम्बन्धी रोगबाट ९२ वर्षको उमेरमा उनको मृत्यु भयो । उनको मृत्युले भारतीय कम्युनिस्ट आन्दोलनले एक हस्ती गुमाएको छ । सुरजितले भारतको स्वतन्त्रता आन्दोलनमा ठूलो भूमिका निभाएका थिए ।
स्यामुयल हन्टिङ्टन
'क्ल्यास अफ सिभिलाइजेसन' का लेखक स्यामुयल हन्टिङ्टनको मृत्यु २४ डिसेम्बर २००८ मा ८१ वर्षको उमेरमा भएको थियो । उनले सो पुस्तकमा वैचारिक सिद्धान्तका आधारमा नभई संस्कृति, सभ्यता र धर्मका आधारमा अबको विश्व विभाजित हुने उल्लेख गरेका छन् ।
ह्यारोल्ड पिन्टर
अमेरिकी कवि तथा नाटककार ह्यारोल्ड पिन्टरलाई पनि हामीले यसै वर्ष गुमायौँ । उनको मृत्यु २५ डिसेम्बर २००८ मा ७८ वर्षको उमेरमा भयो । उनको साहित्यलाई अंग्रेजी भाषाका महान् साहित्यकार जेम्स जोयस, स्यामुयल विकेट तथा अल्बर कामुसँग तुलना गर्ने गरिएको छ । उनका पछिल्ला नाटक 'वान फर द रोड', 'यासेस टु यासेस एन्ड पार्टी टाइम'मा उनले सरकारले संरक्षण गरेको हिंसा र शक्तिको दुरुपयोगविरुद्ध लेखेका थिए । विगतका केही वर्षमा उनले मानवअधिकार उल्लंघन तथा संयुक्तराज्य अमेरिकाले इराक आक्रमणविरुद्ध बोल्दै आएका थिए ।

घरजग्गा फिर्ता गर्न निर्देशन भइसकेको छ - दीनानाथ शर्मा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादीका प्रवक्ता दीनानाथ शर्माले घरजग्गा फिर्ता गर्न र वाइसिएललाई सार्वजनिक जग्गा एवं भवनबाट हट्न जिल्लामा निर्देशन दिइसकेको बताउनुभएको छ । निर्देशनपछि वाइसिएलले सार्वजनिक भवन छाड्न थालिसकेको उल्लेख गर्दै उहाँले यो प्रक्रिया एकदमै चाँडो टुंगिने दाबी समेत गर्नुभयो ।राजधानीमा आयोजित एक कार्यक्रममा मंगलबार शर्माले चाँडै कार्यान्वयन गर भनेर दबाब मात्र दिनु ठिक होइन भन्दै सुकुमबासी र राजनीतिक दलका नेता कार्यकर्ताको जग्गा फिर्ता हुनेगरी निर्देशन गइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, "सामन्तीबाहेकका त्यस्ता घरजग्गा प्रहरी प्रशासन लगाएर भए पनि फिर्ता गरिनेछ ।"माओवादीकै नेता मातृका यादवले घरजग्गा फिर्ता नहुने धारणा सार्वजनिक गरेको विषयमा राखिएको जिज्ञासामा प्रवक्ता शर्माले भन्नुभयो, "उहाँको भनाई आधिकारिक होइन, माओवादीको त्यो निर्णय पनि होइन, सरकार र नेकपा माओवादी जे भनिरहेको छ, त्यो नै प्रधान प्रश्न हो ।"

कांग्रेसले माओवादीइतरको मोर्चा बनाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी इतरको राजनीतिक गठबन्धन खडा गर्न पहलका लागि नेता शेरबहादुर देउवाको संयोजकत्वमा नेपाली काँग्रेसले आज एक समिति गठन गरेको छ। नेपाली काँग्रेसको कार्यसमितिको बैठकले यस्तो समिति गठन गरेको हो। सभापति गिरिजा प्रसाद कोईरालाको निवास महाराजगंजमा बसेको पलाधिकारी र केहि केन्द्रीय सदस्यहरुको वैठकमा आफ्ना नौ बुँदे मागबारे माओवादी बाहेक अन्यदलहरुसँग छलफल गर्न नेता शेरबहादुर देउवाको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको काँगं्रेशका मुख्य सचेतक ल3मण प्रसाद घिमिरेले जानकारी दिनुभयो। समितिमा सुशील कोइराला, विमलेन्ध्र निधि लगायतका वरिष्ठ नेताहरु सहभागी हुनुहुन्छ। यस्तै नेपाली काँग्रेसको कार्यसमितिको वैठकले प्रधानमन्त्रीले आफ्ना ९ वुदे मागको प्रगति विवरण बारे समयसीमा तोकेर सदनलाई जवाफ नदिएसम्म सदन वहिस्कारलाई निरन्तरता दिने निर्णय गरेको छ। बैठकमा पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले नौ बुँदे माग कार्यान्वयन नभएसम्म व्यवस्थापिका बैठक बहिष्कार गरिरहन निर्देशन दिनुभएको छ। कव्जा घर जग्गा फिर्ता, वाइसियलको अर्धसैनिक संरचना भंग लगायतका माग राखेर लगातार ६ पटक सम्म व्यवस्थापिकाको बैठक बहिष्कार गर्दै आएको काँग्रेसले आफ्ना नौ बुँदे मागको कार्यान्वयनबारे अब अरु दलसँग छलफल गर्ने निर्णय गरेको हो। नौ बुँदे माग कार्यान्वयनकाबारेमा छिट्टै नेकपा एमाले, मधेशी जनअधिकार फोरम लगायतका दलसँग छलफल गरेर सामूहिक रुपमा अघि बढ्ने काँग्रेसले निष्कर्ष निकालेको छ।

विद्युत अवरोधका कारण पश्चिम नेपालका पत्रिका बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विद्युत अवरोधका कारण कञ्चनपुर बाहेक सुदुरपश्चिममा पत्रपत्रिका प्रकाशन हुन सकेन। कञ्चनपुरको लालपुरमा रहेको सव स्टेशनबाट एक सय ३२ केभि राष्ट्रिय प्रशारण लाईनमा विद्यार्थीले अवरुद्ध पारेपछि कञ्चनपुर बाहेक सुदूरपश्चिमका अन्य जिल्लामा विद्युत अवरुद्ध भएको छ। विद्युत अवरुद्ध भएपछि कैलालीका ११ वटा र डडेल्धुराबाट प्रकाशित हुँदैआएका तीन दैनिक पत्रिका प्रकाशित हुन सकेनन्। मंगलबार धनगढीवाट दैनिक प्रकाशित हुदै आएका धनगढी पोष्ट, सुदूर सन्देश, अनुमोदन, नेपाल टाइम्स, हिमखण्ड, सारांश, सेती समाचार, हमार पहुरा, राष्ट्रिय सन्दर्भ, मोर्निङ वेल तथा टिकापुरवाट निस्किने हटलाइन दैनिक, टिकापुर पोष्ट र टिकापुर टाइम्स प्रकाशत भएनन्। यस्तै डडेल्धुरावाट प्रकाशित हुँदै आएका अमरगढी पोष्ट, डडेल्धुरा पोष्ट र हिल टाइम्स दैनिक पनि लोडसेडिङका कारण प्रकाशित हुन सकेनन्। यस्तै कैलाली, डडेल्धुरा, वैतडी, अछाम र वाजुरावाट प्रकअशित हुंदै आएका साप्ताहिक पत्रिकाको प्रकाशन समेत प्रभावित भएको छ। डोटीवाट प्रकाशित हुँदै आएका आठवटा साप्ताहिक प्काशनमा समेत समस्या भएको छ। लोडसेडिङको विरोधमा उत्रिएका तीन बिद्यार्थी संगठनले सोमबार लालपुरमा रहेको सव स्टेशनबाट एक सय ३२ केभि राष्ट्रिय प्रशारण लाईनलाई विच्छेद पारेपछि कैलालीको अत्तरियादेखि पूर्वको विद्युतीय सेवा वन्द भएको हो।

अवैध यौन व्यापारमा संलग्न छजना पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अवैध रुपमा यौन व्यापारमा संलग्न रहेको अवस्थामा महानगरीय प्रहरी वृत्त थिमीले मंगलबार राति मध्यपुरथिमी वडा १३ स्थित अरनिको गेस्टहाउसमा छापा मारी छजनालाई पक्राउ गरेको छ । प्रहरीको विशेष टोलीले छापा मारी काठमाडौ गोठाटार घर भएका गेस्टहाउस सञ्चालक ३८ वर्षीय दीपक थापालगायतलाई पक्राउ गरेको प्रहरी निरीक्षक रेशम श्रेष्ठले बताउनुभयो । उक्त क्षेत्रमा यौनको अवैध व्यापार चलेको गुनासो आइरहेका बेला प्रहरीले निगरानी बढाएर छापा मार्न थालेको हो । यसअघि अरु दुइवटा रेस्टुरेन्ट र गेस्टहाउसमा छापा मारी सातजनालाई पक्राउ गरिएको थियो ।

राजन मुक्ति समूहले वार्ताका लागि पत्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तराइमा सशस्त्र सङ्घर्षरत जनतान्त्रिक तराइ मुक्तिमोर्चा राजन मुक्ति समूहले वार्ताका लागि सरकारलाई मंगलबार पत्र पठाएको छ । मोर्चाका केन्द्रीय अध्यक्ष राजनले त्यससम्बन्धी औपचारिक पत्र मध्यस्थकर्ता ज्योति झामार्फत सरकारलाई पठाएका हुन् ।पत्रमा मोर्चाले वार्ताका लागि युद्धविराम घोषणा गर्दै सबै फौजी कारबाहीसमेत स्थगित गरेको उल्लेख छ । पत्रमा मोर्चाका सबै फौजी र मोर्चाका कार्यकर्ताको सुरक्षा सरकारले लिनुपर्ने र वार्ताका लागि तीन दिनभित्र समिति सार्वजनिक गर्ने पनि उल्लेख गरिएको छ । मोर्चाले अन्य मागका सम्बन्धमा वार्ता टेबुलमै छलफल गरिने जनाएको छ ।मोर्चाले पठाएको पत्र शान्ति तथा पुननिर्माणमन्त्री एवं सरकारी वार्ता टोली संयोजक जनार्दन शर्मालाई बुझाइएको मध्यस्थकर्ता झाले जनाएका छन् ।