News

Jan 1, 2009

अवैध यौन व्यापारमा संलग्न छजना पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अवैध रुपमा यौन व्यापारमा संलग्न रहेको अवस्थामा महानगरीय प्रहरी वृत्त थिमीले मंगलबार राति मध्यपुरथिमी वडा १३ स्थित अरनिको गेस्टहाउसमा छापा मारी छजनालाई पक्राउ गरेको छ । प्रहरीको विशेष टोलीले छापा मारी काठमाडौ गोठाटार घर भएका गेस्टहाउस सञ्चालक ३८ वर्षीय दीपक थापालगायतलाई पक्राउ गरेको प्रहरी निरीक्षक रेशम श्रेष्ठले बताउनुभयो । उक्त क्षेत्रमा यौनको अवैध व्यापार चलेको गुनासो आइरहेका बेला प्रहरीले निगरानी बढाएर छापा मार्न थालेको हो । यसअघि अरु दुइवटा रेस्टुरेन्ट र गेस्टहाउसमा छापा मारी सातजनालाई पक्राउ गरिएको थियो ।

No comments: