News

Jan 1, 2009

घरजग्गा फिर्ता गर्न निर्देशन भइसकेको छ - दीनानाथ शर्मा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादीका प्रवक्ता दीनानाथ शर्माले घरजग्गा फिर्ता गर्न र वाइसिएललाई सार्वजनिक जग्गा एवं भवनबाट हट्न जिल्लामा निर्देशन दिइसकेको बताउनुभएको छ । निर्देशनपछि वाइसिएलले सार्वजनिक भवन छाड्न थालिसकेको उल्लेख गर्दै उहाँले यो प्रक्रिया एकदमै चाँडो टुंगिने दाबी समेत गर्नुभयो ।राजधानीमा आयोजित एक कार्यक्रममा मंगलबार शर्माले चाँडै कार्यान्वयन गर भनेर दबाब मात्र दिनु ठिक होइन भन्दै सुकुमबासी र राजनीतिक दलका नेता कार्यकर्ताको जग्गा फिर्ता हुनेगरी निर्देशन गइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, "सामन्तीबाहेकका त्यस्ता घरजग्गा प्रहरी प्रशासन लगाएर भए पनि फिर्ता गरिनेछ ।"माओवादीकै नेता मातृका यादवले घरजग्गा फिर्ता नहुने धारणा सार्वजनिक गरेको विषयमा राखिएको जिज्ञासामा प्रवक्ता शर्माले भन्नुभयो, "उहाँको भनाई आधिकारिक होइन, माओवादीको त्यो निर्णय पनि होइन, सरकार र नेकपा माओवादी जे भनिरहेको छ, त्यो नै प्रधान प्रश्न हो ।"

No comments: