News

Jan 1, 2009

विद्युत अवरोधका कारण पश्चिम नेपालका पत्रिका बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विद्युत अवरोधका कारण कञ्चनपुर बाहेक सुदुरपश्चिममा पत्रपत्रिका प्रकाशन हुन सकेन। कञ्चनपुरको लालपुरमा रहेको सव स्टेशनबाट एक सय ३२ केभि राष्ट्रिय प्रशारण लाईनमा विद्यार्थीले अवरुद्ध पारेपछि कञ्चनपुर बाहेक सुदूरपश्चिमका अन्य जिल्लामा विद्युत अवरुद्ध भएको छ। विद्युत अवरुद्ध भएपछि कैलालीका ११ वटा र डडेल्धुराबाट प्रकाशित हुँदैआएका तीन दैनिक पत्रिका प्रकाशित हुन सकेनन्। मंगलबार धनगढीवाट दैनिक प्रकाशित हुदै आएका धनगढी पोष्ट, सुदूर सन्देश, अनुमोदन, नेपाल टाइम्स, हिमखण्ड, सारांश, सेती समाचार, हमार पहुरा, राष्ट्रिय सन्दर्भ, मोर्निङ वेल तथा टिकापुरवाट निस्किने हटलाइन दैनिक, टिकापुर पोष्ट र टिकापुर टाइम्स प्रकाशत भएनन्। यस्तै डडेल्धुरावाट प्रकाशित हुँदै आएका अमरगढी पोष्ट, डडेल्धुरा पोष्ट र हिल टाइम्स दैनिक पनि लोडसेडिङका कारण प्रकाशित हुन सकेनन्। यस्तै कैलाली, डडेल्धुरा, वैतडी, अछाम र वाजुरावाट प्रकअशित हुंदै आएका साप्ताहिक पत्रिकाको प्रकाशन समेत प्रभावित भएको छ। डोटीवाट प्रकाशित हुँदै आएका आठवटा साप्ताहिक प्काशनमा समेत समस्या भएको छ। लोडसेडिङको विरोधमा उत्रिएका तीन बिद्यार्थी संगठनले सोमबार लालपुरमा रहेको सव स्टेशनबाट एक सय ३२ केभि राष्ट्रिय प्रशारण लाईनलाई विच्छेद पारेपछि कैलालीको अत्तरियादेखि पूर्वको विद्युतीय सेवा वन्द भएको हो।

No comments: