News

Jan 1, 2009

तमिल विद्रोही वार्ताका लागि तयार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कोलम्बो/ आफूहरूविरुद्ध सैन्य कारबाही जारी रहँदा नै तमिल टाइगर पृथकतावादीहरू सरकारसँगको शान्तिवार्ता पुनः थाल्न तयार रहेको एक विद्रोही अधिकारीले बुधबार बताएका छन् । सरकारी सेनाले तमिल विद्रोहीहरूविरुद्ध नयाँ अभियान थालेर उनीहरूद्वारा नियन्त्रित रहेका भित्री इलाकासम्म पुगेपछि धेरै ठाँउमा विद्रोहीहरू पछि हट्न बाध्य भए । आगामी केही महिनामा विद्रोही समूहलाई निमिट्यान्न पार्ने अपेक्षा राखेको सरकारी अधिकारीले बताएका छन् । विद्रोहीका राजनीतिक विभाग प्रमुख बालासिंघम नादेसानले विद्रोहीहरू पराजयनजिक पुगेको कुरामा आफूहरूलाई विश्वास नभएको बताएका छन् । 'हाम्रा जनताको जीवनरक्षाका लागि र हाम्रो फौजको सामथ्र्य बनाइराख्नका लागि थुपै्र सामरिक महत्त्वका इलाकाबाट हामी पछि हट्यौँ । समयअनुकूल बन्नासाथ हामी गुमेका ती ठाउँहरू फिर्ता लिनेछौँ'- उनले भने । उनले नयाँ शान्तिवार्ताको आशा विद्रोहीहरूले नत्यागिसकेको पनि उनले बताए । नादेसानले भने- 'हामी सधै शान्तिवार्ताका लागि तयार भएर बसेका छौँ, तर श्रीलंकन सरकार सधै सैन्य समाधानमै अड्डी लिएर बसेको छ ।' विद्रोहीहरू हतियार बिसाउन तयार भए मात्र नयाँ शान्ति प्रयासप्रति विचार गर्ने सकिने सरकारले बताएको छ । दुवै पक्ष सन् २००२ मा युद्धविरामका लागि सहमत भएका थिए । त्यसपछि अन्तर्राष्ट्रिय मध्यस्थकर्ताको रोहबरमा द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न वार्तामा बस्दै आएका थिए ।

No comments: