News

Jan 1, 2009

कांग्रेसले माओवादीइतरको मोर्चा बनाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी इतरको राजनीतिक गठबन्धन खडा गर्न पहलका लागि नेता शेरबहादुर देउवाको संयोजकत्वमा नेपाली काँग्रेसले आज एक समिति गठन गरेको छ। नेपाली काँग्रेसको कार्यसमितिको बैठकले यस्तो समिति गठन गरेको हो। सभापति गिरिजा प्रसाद कोईरालाको निवास महाराजगंजमा बसेको पलाधिकारी र केहि केन्द्रीय सदस्यहरुको वैठकमा आफ्ना नौ बुँदे मागबारे माओवादी बाहेक अन्यदलहरुसँग छलफल गर्न नेता शेरबहादुर देउवाको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको काँगं्रेशका मुख्य सचेतक ल3मण प्रसाद घिमिरेले जानकारी दिनुभयो। समितिमा सुशील कोइराला, विमलेन्ध्र निधि लगायतका वरिष्ठ नेताहरु सहभागी हुनुहुन्छ। यस्तै नेपाली काँग्रेसको कार्यसमितिको वैठकले प्रधानमन्त्रीले आफ्ना ९ वुदे मागको प्रगति विवरण बारे समयसीमा तोकेर सदनलाई जवाफ नदिएसम्म सदन वहिस्कारलाई निरन्तरता दिने निर्णय गरेको छ। बैठकमा पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले नौ बुँदे माग कार्यान्वयन नभएसम्म व्यवस्थापिका बैठक बहिष्कार गरिरहन निर्देशन दिनुभएको छ। कव्जा घर जग्गा फिर्ता, वाइसियलको अर्धसैनिक संरचना भंग लगायतका माग राखेर लगातार ६ पटक सम्म व्यवस्थापिकाको बैठक बहिष्कार गर्दै आएको काँग्रेसले आफ्ना नौ बुँदे मागको कार्यान्वयनबारे अब अरु दलसँग छलफल गर्ने निर्णय गरेको हो। नौ बुँदे माग कार्यान्वयनकाबारेमा छिट्टै नेकपा एमाले, मधेशी जनअधिकार फोरम लगायतका दलसँग छलफल गरेर सामूहिक रुपमा अघि बढ्ने काँग्रेसले निष्कर्ष निकालेको छ।

No comments: