News

Jan 1, 2009

राजन मुक्ति समूहले वार्ताका लागि पत्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तराइमा सशस्त्र सङ्घर्षरत जनतान्त्रिक तराइ मुक्तिमोर्चा राजन मुक्ति समूहले वार्ताका लागि सरकारलाई मंगलबार पत्र पठाएको छ । मोर्चाका केन्द्रीय अध्यक्ष राजनले त्यससम्बन्धी औपचारिक पत्र मध्यस्थकर्ता ज्योति झामार्फत सरकारलाई पठाएका हुन् ।पत्रमा मोर्चाले वार्ताका लागि युद्धविराम घोषणा गर्दै सबै फौजी कारबाहीसमेत स्थगित गरेको उल्लेख छ । पत्रमा मोर्चाका सबै फौजी र मोर्चाका कार्यकर्ताको सुरक्षा सरकारले लिनुपर्ने र वार्ताका लागि तीन दिनभित्र समिति सार्वजनिक गर्ने पनि उल्लेख गरिएको छ । मोर्चाले अन्य मागका सम्बन्धमा वार्ता टेबुलमै छलफल गरिने जनाएको छ ।मोर्चाले पठाएको पत्र शान्ति तथा पुननिर्माणमन्त्री एवं सरकारी वार्ता टोली संयोजक जनार्दन शर्मालाई बुझाइएको मध्यस्थकर्ता झाले जनाएका छन् ।

No comments: