News

Dec 8, 2007

अन्तराष्ट्रिय बुढासुब्बा गोल्डकप चैतमा

शौरभ श्रेष्ठ लिम्वूवान व्लगस्पोट धरान / December 8, 2007
धरानमा सञ्चालन हुँदै आएको बुढासुब्बा टुबोर्ग गोल्डकपको दशौँ संस्करण आगामी चैत महिनाको दोस्रो साताबाट सुरु हुने भएको छ ।गोल्डकप आयोजक धरान फुटबल क्लबले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी चैत १२ गतेदेखि २३ गतेसम्म गोल्डकप सञ्चालन हुने जानकारी गराएको हो ।क्लबले दिएको जानकारीअनुसार दशौँ संस्करणमा राष्ट्रिय टिमहरु थ्री-स्टार काठमाण्डौ, त्रिभुवन आर्मी, एनआरटी, सशस्त्र प्रहरी बल, सहारा क्लब पोखरा, पूर्वाञ्चलका २ वटा क्लब र आयोजक सहभागी रहनेछन् । अन्तरािट्रय टिमहरुमा बंगलादेश, भुटान नेशनल टिम भुटान, सिक्किम-११, भारत र वैकल्पिक क्लबहरुमा लखनउ आर्मी टिम भारत, रेल्वे स्टोन पटना भारत छन् । अनुमानित खर्च २२ लाख ९४ हजार ४ सय लाग्ने उक्त प्रतियोगितामा मुख्य प्रायोजक गोरखा ब्रुअरी प्रालिको उत्पादन टुबोर्ग गोल्ड बियर, सह-प्रायोजकमा मायोज तयारी चाउचाउ, संयोजक धरान नपा रहने क्लबका अध्यक्ष सुवास र्राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । प्रत्यक बर्षहुदै आएको बुढा सुब्ब गोल्डकपमा यस बर्षो विजेता टिमलाई दिने पुरस्कारमा पनि वृद्ध गरेको छ । विजेता टिमलाई १ लाख ५० हजार, उपविजेतालाई १ लाख घनराखी दिईने आयोजकले जनाएको छ । अघिल्लो प्रतिय।ेगितामा विजेता ताथ उपविजेता टिमलाई क्रमशः १ लाख र ५० हजार पुरस्कार प्रदान गरेको थियो । सबै भन्दा बढि घनराशि खर्च गरेर मोफसलमा अर्न्तराष्ट्रिय स्तरको प्रतियोगिता गर्ने धरान फुटबल क्लबको यो दशौ यात्रा हो । प्रतियोगितामा अन्तराष्ट्रिय स्तरमा ख्यातिप्राप्त क्लबहरुले उत्साह जनक भाग लिने भएकाछन । अघिल्लो बर्षा नेपालको
ख्यातिप्राप्त क्लब थ्रीस्टारले कप हात पारेको थियो । अघिल्लो बर्षको उपविजेता अफ्रीकन यूनाईटेट क्लवलाई भने यस बर्षो प्रतियोगितामा सहभागि गराइएको छैन । अघिल्लो बर्षो खेलमा यूनाईटेटका खेलाडीहरुले विवाद गरि खेलमा अवरोध पुर्याइएका कारण यस बर्षनबोलाइएको आयोजकले जनाएको छ । प्रतियोगितालाई सफल बनाउनका लागि विभिन्न उपसमितिको गठन गरिएको छ । प्रतियोगितामा खेलकुद क्षेत्रमा योगदान पुर्उने पत्रकारको लागि खेलकुद पत्रकारीता पुरस्कार समेत वितरण गरिने बताईएको छ ।

No comments: